Live

अस्ट्रेलिया भर्सेस टर्कीए

फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार दोस्रो खेल समूह ‘डी’ मा अस्ट्रेलिया र टर्कीएबीच भइरहेको छ ।

जेष्ठ ३१, २०८३

कान्तिपुर संवाददाता

Australia vs. Turkey

9 Updates

(11:43 AM)

टर्कीएलाई अस्ट्रेलियाले २-० ले हरायो

अस्ट्रेलिया विश्वकप २०२६ को समूह 'डी' को खेलमा आइतबार टर्कीएलाई २–० ले पराजित गरेको छ र तीन बहुमूल्य अंक बटुलेको छ । यो जितपछि अस्ट्रेलिया सह–आयोजक अमेरिकासँगै समूहको शीर्ष दुईमा रह्यो । यो समूहमा अमेरिका तीन अंकसहित शीर्ष स्थानमा छ ।

(11:24 AM)

टर्कीएमाथि अस्ट्रेलियाको दोस्रो गोल

अस्ट्रेलियाले विश्वकप २०२६ मा आइतबार टर्कीएमाथि २–० को अग्रता लिएको छ । खेलको ७५ औं मिनेटमा कोनर मेटकाल्फले दोस्रो गोल गरेका हुन् ।

यससँगै खेलमा अस्ट्रेलियाले आफ्नो पकड बलियो बनाएको छ । भ्यान्कुभरमा भइरहेको खेलको २७ औं मिनेटमा अस्ट्रेलियाले पहिलो गोल गरेको थियो ।

(10:54 AM)

खेलाडी परिवर्तन

एक गोलले पछि परिरहेको टर्किएले खेलको दोस्रो हाफ सुरु भए लगत्तै एक खेलाडी परिवर्तन गरेको छ । ४६ औं मिनेटमा बारिस आल्पर ईल्माजलाई केनान यिल्दीजले रिप्लेस गरेका हुन् ।

(10:39 AM)

पहिलो हाफमा अष्ट्रेलियालाई अग्रता

जारी खेलको पहिलो हाफमा अष्ट्रेलियाले टर्किएविरुद्ध १ गोलको अग्रता लिएको छ । झन्डै ६९ प्रतिशत बल पोसेसन राखेको टर्किएलाई स्तब्ध पार्दै अष्ट्रेलियाका नेस्टोरी इरान्कुन्डा (१७) ले गोल गरेका हुन् । उनलाई पउल ओकन इग्ल्सटलरले पास मिलाएका हुन् । खेलमा टर्कीयाले रचेको पहिलो ठोस आक्रमण सेलाउन नपाउँदै अस्ट्रेलियाले गोलको खाता खोलेको हो । त्यस लगतै टर्कीयाका लागि अब्दुलकेरिम बारडाचीले २५ यार्डबाट गरेको कडा प्रहार पोस्टमा लागेको थियो ।त्यस क्रममा अस्ट्रेलियाली गोलरक्षक प्याट्रिक बिचले सुन्दर बचाउ गरेका थिए। यो समूहमा अमेरिका तीन अंकसहित शीर्ष स्थानमा छ । अमेरिकाले आफ्नो पहिलोखेलमा पाराग्वेलाई हराएको थियो ।

Australia takes the lead in the first half

(10:27 AM)

अष्ट्रेलियाका लागी पहिलो गोल गरेपछि वार्टफोर्डका फरवार्ड नेस्टोरी इरान्कुन्डा (१७) खुशी मनाउँदै। तस्बिर : एपी

Happy goal

(10:14 AM)

अष्ट्रेलियाको गोल

खेलको २७ औं मिनेटमा अष्ट्रेलियाका इरानकुन्डाले टीमको लागि पहिलो गोल दिलाएका छन् । उनको गोलसँगै अष्ट्रेलियाले टर्किएविरुद्ध सुरुवाती अग्रता लिएको छ । 

(10:05 AM)

२० मिनेटमा खेल जारी

क्यानडाको भ्यानकुभरमा जारी अष्ट्रेलिया र टर्कीबीचको विश्वकप समूह डी फुटबल खेलमा बल नियन्त्रणका लागि टर्कीएका अर्दा गुलर (८) अष्ट्रेलियाका मोहम्मद टुरे (९) सँग बलका लागि भिड्दै । रियल म्याड्रिडका गुलर टर्कीएका की प्लेयर पनि हुन् । तस्बिर : एपी

The game continues in 20 minutes.

(09:55 AM)

अष्ट्रेलियाका १० खेलाडीको डेब्यू

जारी खेलमा अष्ट्रेलियाको प्लेईंग सेटमा १० खेलाडीले पहिलो पटक फीफा विश्वकप खेलिरहेका छन् । सन् २००६ मा पनि जापानसँगको ओपनिंग खेलमा अष्ट्रेलियाका ११ जना नै खेलाडीले विश्वकप डेब्यू गरेका थिए । 

(09:47 AM)

अष्ट्रेलियाविरुद्ध टर्किएको खेल सुरु

एसियाली महादेश अन्तर्गत फीफा विश्वकपमा छनौट भएको अष्ट्रेलियाले अहिलेसम्म विश्वकपका आफ्ना सुरुवाती ६ खेलमध्ये ५ वटामा हार ब्योहोरेको छ । पछिल्लो पटक सन् १९७४ मा जितेको थियो । सन् २००६ यताका विश्वकपमा खेलेका १७ खेलमध्ये १० वटामा हारेर सर्वाधिक हारको खराब रेकर्ड समेत अष्ट्रेलियाकै नाममा छ । 

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully