पेरिस (एएफपी)– अब त विश्वकप फुटबल सुरु हुन तीन साताजतिको समय मात्र बाँकी छ । सहभागी ४८ टिममध्ये केही यस्ता प्रत्याशी छन्, जसलाई उपाधिको सम्भावित विजेता मान्न सकिन्छ । के गर्दै छन् यी टिम ?
What you should know
काठमाडौँ — फ्रान्स
विश्वकपका पछिल्ला सात संस्करणमध्ये फ्रान्सले दुईपल्ट उपाधि जितेको छ अनि दुईपल्ट फाइनलमा हारेको छ । अबको विश्वकप प्रशिक्षक डिडियर डेसच्याम्पको नेतृत्वमा अन्तिम हुनेछ । सन् २०१२ देखि फ्रान्सेली टिम सम्हालिरहेका डेसच्याम्प भन्छन्, ‘अहिले अनौठो अनुभव भइरहेको छ ।’ मार्चमा फ्रान्सले ब्राजिललाई २–१ ले हराएको थियो । त्यसपछि कोलम्बियामाथि ३–१ को जित पाएको थियो ।
तर यो फरक खाले फ्रान्सेली टिम थियो, अधिकांश अमेरिकामा खेलिरहेका खेलाडीको । पछिल्लो जुनदेखि फ्रान्स अपराजित छ र टिमको आक्रामण असाध्यै धारिलो छ । यसमा संलग्न हुन्छन् ओसमन डेम्बेले, केलियन एमबाप्पे, माइकल ओलिस, रायन सेर्की । कसैलाई पनि यत्तिको धारिलो आक्रमण रोक्न गाह्रै हुनेछ ।
स्पेन
युरोपेली च्याम्पियन स्पेन सन् २०२४ यता अपराजित छ । लुइस डे लाको टिम आफैंमा सुदृढ देखिन्छ । टिमका प्रमुख खेलाडी छन्, लामिन यामल । यी भर्खर १८ वर्ष पुगेको बार्सिलोनाका विङ्गर हुन् । अहिलेका लागि उनी चोटमुक्त हुने प्रयासमा छन् । हुनसक्छ, उनले लिग चरणका सुरुआती दुई खेल गुमाउने छन् ।
उनका बार्सिलोना सहकर्मी फेरमिन लोपेजले पनि लिग चरणका सबै खेल गुमाउने छन् । सन् २०२५ को स्पेनका लागि १० खेलमा ८ गोल गरेका माइकल मेरिनोले त झन जनवरीयता खेलेकै छैनन् । तर यो स्पेनी टिम कमजोर छैन, किनभने टिममा अझै पनि रोड्री र पेड्रीजस्ता सशक्त खेलाडी छन् ।
अर्जेन्टिना
लियोनल स्कोलानीको नेतृत्वमा रहेको अर्जेन्टिनाको एउटै सपना रहनेछ, सन् २०२२ मा जितेको विश्वकप उपाधि रक्षा गर्नेछ । त्यस विश्वकपमा लियोनल मेसीले विश्वकप जितको सपना त पूरा गरे । तर, पछिल्लो समय उनी त्यस्ता खेलाडी रहेका छैनन्, जस्तो पहिला थिए ।
एउटै फाइदाको कुरा के भने यसपल्टको विश्वकप मेसीका लागि आफ्नो घरेलु मैदानमा हुने प्रतियोगिता जस्तै छ । उनले यो वर्ष इन्टर मियामीका लागि मेजर सकर लिगका १३ खेलमा १२ गोल गरिसकेका छन् । फेरि अर्जेन्टिनाले सन् २०२४ मा अमेरिकामै भएको कोपा अमेरिका पनि जितेको थियो । मेसीलाई छाडेर पनि अर्जेन्टिनामा एकसेएक खेलाडी नभएको पनि कहाँ हो र ?
इंग्ल्यान्ड
प्रशिक्षक गारेथ साउथगेटको नेतृत्वमा इंग्ल्यान्डले युरोको पछिल्लो दुई फाइनल खेल्यो । सन् २०१८ मा सेमिफाइनल र सन् २०२२ मा क्वाटरफाइनल पुगेको टिम यही हो । अब भने टिमका प्रशिक्षक छन्, जर्मनीका थोमस टचेल । उनको नेतृत्वमा इंग्लिस टिमको भाग्य फेरिने हो कि ? इंग्ल्यान्ड सन् १९६६ यता पहिलो ठूलो उपाधि जित्ने सपना बन्दै छ र यो पूरा भने भएको छैन ।
युरोपेली छनोटमा इंग्ल्यान्डको प्रदर्शन दमदार नै रह्यो । कुनै प्रकारका अप्ठ्यारो भएन टोलीलाई । तर पछिल्ला मैत्रीपूर्ण खेलमा उरुग्वेविरुद्ध बराबरी र जापानसँग हारको पनि सामना गरेको छ । बायर्न म्युनिखका लागि ह्यारी केनले जस्तो लय समातेका छन्, त्यो विश्वकपमा पनि दोहार्याउने हो भने केही ठूलो हुनेछ ।
पोर्चुगल
पोर्चुगलले त अहिलेसम्म विश्वकपमा सेमिफाइनल चरण पार गरेको छैन । तर यो टिम उपाधिकै प्रत्याशी हो, विशेषतः क्रिस्टियानो रोनाल्डोका कारण । रोनाल्डो अहिले ४१ वर्षका भइसके, छैटौं विश्वकप खेलिरहेका छन् । टिममा उनी मात्र एक्लो माथिल्लो स्तरका खेलाडी पनि होइनन् । अरू पनि छन् ।
जस्तै भिटिन्हा, जाओ नेभेस, बर्नान्डो सिल्भा र ब्रुनो फर्नान्डेज । गत वर्षको यूईएफए नेसन्स लिगको विजेता पोर्चुगलको छनोट यात्रा भने आफैंमा राम्रो रहेन । आयरल्यान्डविरुद्धको खेल सबैभन्दा बढी बिर्सनलायक रह्यो । त्यसमा रोनाल्डोले रातो कार्ड खाएका थिए । एटलान्टामा अमेरिकामाथि प्राप्त जितयता रोनाल्डोले पोर्चुगलबाट खेलेका पनि छैनन् ।
