जन्मदिनमा इंग्ल्यान्ड कप्तानलाई जित उपहार

२७ वर्ष प्रवेश गरेका ब्रुक्सले भने, ‘यो प्रदर्शन मेरो लागि सानदार रह्यो, किनभने श्रीलंकालाई सय रनभन्दा कमको स्कोरमा समेट्न सक्नु ठूलै उपलब्धि हो ।’

फाल्गुन ११, २०८२

एएफपी

England captain gets birthday gift of victory

What you should know

क्यान्डी — इंग्ल्यान्डले आफ्ना कप्तान ह्यारी ब्रुक्सलाई जन्मदिनको मीठो उपहार दिनेक्रममा आइतबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा श्रीलंकालाई ५१ रनले हराएको छ । 

श्रीलंकालाई ९५ रनमा अलआउट गरेपछि इंग्ल्यान्डको सजिलो जित सम्भव भएको हो । इंग्ल्यान्डले पहिले ब्याटिङको निम्तो पाएको थियो । यसक्रममा टोलीले ९ विकेटमा कमजोर आँक्न मिल्ने १ सय ४६ रनको स्कोर खडा गरेको थियो । 

तर जोफ्रा आर्चर र विल ज्याक्सले श्रीलंकाको सुरुआती ६ ओभरको पावर प्लेमा ५ विकेट बाँडेका थिए । यस्तोमा श्रीलंका ५ विकेट गुमाएर ३४ रनको कमजोर स्थितिमा पुगेको थियो । ‘यो त वास्तवमै मीठो जन्मदिनको उपहार भयो,’ २७ वर्ष प्रवेश गरेका ब्रुक्सले भने, ‘यो प्रदर्शन मेरो लागि सानदार रह्यो, किनभने श्रीलंकालाई सय रनभन्दा कमको स्कोरमा समेट्न सक्नु ठूलै उपलब्धि हो ।’

कप्तान ब्रुक्सले थपे, ‘मलाई लाग्छ, यो पिचमा खासै समस्या थिएन । मेरो विश्लेषणमा दुवै टिमका स्पिन बलरले यो पिचको भरपूर फाइदा उठाए । त्यसैले आज विकेट झरिरह्यो ।’ 

England captain gets birthday gift of victoryपूरा एक साताको वर्षाले ओसिलो र सुस्त बनेको पिचमा प्राप्त गरेको यो जितपछि इंग्ल्यान्डले श्रीलंकामाथि ट्वान्टी–२० क्रिकेटमा हात पारेको जितसंख्या लगातार १२ पुगेको छ । अहिलेको जितले इंग्ल्यान्डलाई बलियो नेट रनरेट पनि दिएको छ । 

कोलम्बोमा अघिल्लो दिन न्युजिल्यान्ड र पाकिस्तानबीचको खेल वर्षाले रद्द भएको स्थितिमा इंग्ल्यान्डको यो जित अझ बढी महत्त्वपूर्ण बनेको छ । यस विश्वकपका ५ मध्ये ३ खेलमा ‘प्लेयर अफ द म्याच’ भएका ज्याक्सले भने, ‘सुरुमा ब्याटिङ गरेर १ सय ४६ रन बनाउनु पनि ठूलै रह्यो । यति भन्दाभन्दै पनि हामीलाई राम्रोसँग के थाहा थियो भने श्रीलंकाविरुद्ध उत्तिकै उत्कृष्ट बलिङ आवश्यक पर्नेछ ।’

आर्चरले २० रन दिएर २ विकेट लिए । त्यसमा ९ रन बनाएका पथुम निसान्काको विकेट सबैभन्दा ठूलो रह्यो । ज्याक्सले भने २२ रनमा ३ विकेट हात पारे । उनको लगातार दुई बलमा सिकार भएका ब्याटरमा कुशल मेन्डिस र पवन रत्नायके रहे । दुसान सनकाले मात्र केही प्रतिरोध प्रस्तुत गर्ने प्रयास गरे । उनले २४ बलमा ३० रन बनाए र आखिरमा अदिल रशिदको बलमा आउट भए । 

खेलपछि सनकाले भने, ‘हामीले आज त्यस्तो खराब खेल खेलेका छौं, जुन विश्वकप जस्तो प्रतियोगितामा यो सम्भव हुनुहुन्न । तर अब हाम्रो ध्यान बाँकी खेलमा हुनुपर्नेछ र त्यसमा राम्रो खेल्ने प्रयास गर्नुपर्नेछ ।’ श्रीलंकाका लागि स्पिनर दुनिथ वेलालेजले २६ रनमा ३ विकेट लिए । इंग्ल्यान्डका लागि ओपनर फिल साल्टले सर्वाधिक ६२ रन बनाए ।

इंग्ल्यान्डले पनि नियमित अन्तरमा एकपछि अर्को विकेट गुमाएको थियो । साल्टले ४० बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए । विल ज्याक्सले ४ चौकासहित २१ रन जोडे । दिलसन मदुसन्काले २५ रनमा २ र महेश थिक्सेनाले २१ रनमा २ विकेट हात पारेका थिए ।

एएफपी

Link copied successfully