तर उनी वेस्ट इन्डिजविरद्धको खेलका लागि भने तयार रहने विश्वास रहने प्रशिक्षक लले बताए ।
मुम्बई — नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले शनिबार वानखेडे स्टेडियमा भएको अभ्यासमा सहभागीता जनाएनन् । उनलाई आराम दिइएको छ ।
नेपाली टिमका प्रशिक्षक स्टुवार्ट लका अनुसार रोहित केही बिरामी छन् । उनलाई ज्वरो आएको छ र पेटको समस्या छ ।
तर उनी वेस्ट इन्डिजविरद्धको खेलका लागि भने तयार रहने विश्वास रहने प्रशिक्षक लले बताए । उनले भने, ‘रोहितले वेस्ट इन्डिजविरुद्धको भोलिको खेल्ने विश्वास छ । उनलाई लिएर धेरै चिन्ता गर्न आवश्यक छैन् ।’
