छ अंकसहित चौथो स्थानमा रहेको लुम्बिनी र केवल दुई अंकमा रहेको जनकपुरबीच आजको खेलमा जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
काठमाडौँ — प्ले अफ प्रवेशको समीकरणका लागि निकै महत्त्वपूर्ण खेलमा लुम्बिनी लायन्स र डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को खेलमा शुक्रबार भिड्दै छन् ।
त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा हुने खेल यसमा लुम्बिनी विजयी रहे शीर्ष चार टिमको निर्णय हुनेछ । जनकपुर जितेको अवस्थामा भने त्यस टिमसहित लुम्बिनी, पोखरा एभेन्जर्स र चितवन राइनोजको पनि सम्भावना रहनेछ ।
लिग तालिकामा लुम्बिनी छ खेलबाट छ अंकसहित चौथो स्थानमा छ । जनकपुर भने पाँच खेलबाट दुई अंकमा अन्तिम स्थानमा छ । यही रोमाञ्चक परिस्थितिबीच जनकपुरले टस जितेर पहिले ब्याटिको बहादुरीपूर्ण निर्णय गरेको छ ।
टिम भने यस प्रकार रहेको छ ।
लुम्बिनी लायन्स : रोहित पौडेल (कप्तान), सन्दीप जोरा, सुमित महर्जन, दिलीप नाथ, तिलकराज भण्डारी, अभिषेस गौतम, डी आरसी सट, रुबेन ट्रम्पलमेन्न, जेजे स्मिट, निरोसन डिक्वेला र शेर मल्ल ।
जनकपुर बोल्ट्स : जेन निकोल लफ्टी–इटन (कप्तान), आशिफ सेख, अनिलकुमार शाह, शुभ कंसाकार, सचिन भट्ट, मयन यादव, आद्धित्य महता, रुपेशकुमार सिंह, माज सदाकत, सञ्जय कृष्णमुर्थि, संगीथ कुरे ।
