Live

एनपीएल : लुम्बिनी लायन्स vs विराटनगर किंग्स [LIVE]

एनपीएलको रोचक र नियमित अपडेटका लागि ekantipur हेर्दै गर्नुहोला

मंसिर १७, २०८२

कान्तिपुर संवाददाता

NPL: Lumbini Lions vs Biratnagar Kings [LIVE]

73 Updates

(07:23 PM)

लुम्बिनीको सानदार जित

लुम्बिनी लायन्सले विराटनगर किंग्सले दिएको १४५ रनको चुनौती १७ दशमलव ४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको छ । 

Lumbini's resounding victory

(07:21 PM)

दिलीप नाथ आउट, लुम्बिनीलाई पाँचौं झट्का

दिलीप नाथ आउट, विजय नजिक पुगेको लुम्बिनीलाई पाँचौं झट्का लागेको छ । 

(07:18 PM)

लुम्बिनी १७ ओभरमा १३८ रन

लुम्बिनी लायन्सले १७ ओभरको समाप्तीमा १३८ रन जोडेको छ ।

(07:17 PM)

लुम्बिनीलाई जितका लागि २० बलमा १० आवश्यक

लुम्बिनीलाई जितका लागि २० बलमा १० आवश्यक छ ।

(07:14 PM)

लुम्बिनी १६ ओभरमा १३२ रन

लुम्बिनीले १६ ओभरको समाप्तीमा १३२ रन जोडेको छ । जितका लागि उसलाई ४ ओभरमा १३ रन मात्रै आवश्यक छ ।

Lumbini 132 runs in 16 overs

(07:10 PM)

लुम्बिनी जिततर्फ अग्रसर

लुम्बिनीलाई जितका लागि २८ बलमा १५ रन आवश्यक छ ।

Lumbini marches towards victory

(07:09 PM)

लुम्बिनी १५ ओभरमा १२४ रन

लुम्बिनीले १५ ओभरको समाप्तीमा १२४ रन जोडेको छ ।

(07:07 PM)

लुम्बिनीलाई जितका लागि ३६ बलमा ३० रन आवश्यक

लुम्बिनीलाई जितका लागि ३६ बलमा ३० रन आवश्यक छ । विराटनगर किंग्सले दिएको १४५ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनीले ४ विकेट गुमाएको छ ।

Lumbini needs 30 runs off 36 balls to win.

(07:04 PM)

लुम्बिनी १४ ओभरमा ११५ रन

लुम्बिनीले १४ ओभरको समाप्तीमा ११५ रन जोडेको छ ।

(07:03 PM)

सन्दीपले लिए शटको विकेट

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले लुम्बिनी लायन्सका ब्याट्सम्यान डी’आरसी शटलाई आउट गरेका छन् । शट ४४ बलमा ५७ रन बनाएर आउट भएका हुन् ।

(07:00 PM)

लुम्बिनी १३ ओभरमा १११ रन

लुम्बिनीले १३ ओभरको समाप्तीमा १११ रन झडेको छ ।

Lumbini 111 runs in 13 overs

(06:58 PM)

लुम्बिनीको १०० रन पूरा

लुम्बिनीले १२ दशमलव १ ओभरमा १०२ बनाएको छ । 

(06:57 PM)

डी’आरसी शटले पूरा गरे अर्धशतक

लुम्बिनीका लागि डी’आरसी शटले ३९ बलमा ५१ रन बनाएका छन् ।

(06:54 PM)

शटले लगाए लगातार २ छक्का

लुम्बिनी लायन्सका डी’आरसी शटले लगातार २ छक्का लगाएका छन् ।

(06:49 PM)

विराटनगरका लागि नारायण जोशी बलिङमा

विराटनगरका लागि बाह्रौं ओभर लिएर नारायण जोशी बलिङमा आएका छन् ।

(06:43 PM)

लुम्बिनी १० ओभरमा ६९ रन

लुम्बिनीले १० ओभरको समाप्तीमा ६९ रन जोड्दा ३ विकेट गुमाएको छ ।

(06:42 PM)

विराटनगरका लागि सन्दीप लामिछानेको किफायती बलिङ

विराटनगरका लागि सन्दीप लामिछानेको २ ओभरमा ८ रनमात्रै दिएर १ विकेट लिएका छन् । 

(06:38 PM)

सन्दीपको विकेट सन्दीपले नै लिए

लुम्बिनी लायन्सका ब्याट्सम्यान सन्दीप जोरा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेको बलमा एलबीडब्लू आउट भएका छन् ।

(06:32 PM)

लुम्बिनी ८ ओभरमा ५२ रन

लुम्बिनीले १४५ रनको लक्ष्य पछ्याउने क्रममा ८ ओभरको समाप्तीमा ५२ रन जोडेको छ ।

(06:30 PM)

लुम्बिनीको ५० रन पूरा

लुम्बिनीले ७ दशमलव ३ ओभरमा ५० रन पूरा गरेको छ ।

(06:29 PM)

लुम्बिनी ७ ओभरमा ४८ रन

लुम्बिनीले ७ ओभरको समाप्तीमा ४८ रन जोडेको छ ।

(06:27 PM)

लुम्बिनीले पावर प्लेमा जोड्यो ४६ रन

लुम्बिनीले पावर प्ले अर्थात् सुरुको ६ ओभरमा ४६ रन जोड्दा २ विकेट गुमाएको छ । विराटनगरले पावर प्लेमा ३४ रन जोडेको थियो ।

(06:25 PM)

जीसीको बलमा सन्दीपले लगाए २ चौका

विराटनगर किंग्सका प्रतीश जीसीको बलमा सन्दीप जोराले  २ चौका लगाएका छन् ।

(06:22 PM)

लुम्बिनी ५ ओभरमा ३१ रन

लुम्बिनीले ५ ओभरको समाप्तीमा ३१ रन जोड्दा २ विकेट गुमाएको छ । 

(06:20 PM)

विराटनगरका सुवासले लिए एकै ओभरमा २ विकेट

विराटनगर किंग्सका सुवास भण्डारीले आफ्नो पहिलो ओभरमा २ रन दिएर २ विकेट चड्काएका छन् । 

(06:18 PM)

लुम्बिनीका कप्तान खाता पनि नखोली आउट

लुम्बिनीका कप्तान रोहित पौडेल शून्यमा आउट भएका छन् । उनलाई विराटनगर किंग्सका बलर सुवास भण्डारीले दक्षिण अफ्रिकी स्टार फाफ डु प्लेसिसद्वारा क्याच आउट गराएका हुन् । 

(06:14 PM)

लुम्बिनी लायन्सका सुमित महर्जन स्टम्प आउट भएका छन् । उनी ११ बलमा १० रन बनाएर आउट भए । 

(06:12 PM)

लुम्बिनी ४ ओभरमा २९ रन

लुम्बिनी लायन्सले ४ ओभरको समाप्तीमा विना विकेट क्षति २९ रन जोडेको छ । 

(06:07 PM)

लुम्बिनी ३ ओभरमा १९ रन

लुम्बिनी लायन्सले विराटनगरले दिएको १४५ रनको चुनौती पछ्याउने क्रममा ३ ओभरको समाप्तीमा १९ रन जोडेको छ । यसअघि विराटनगरले ३ ओभरमा १५ रन जोड्दा आफ्ना २ मुख्य ब्याट्सम्यान गुमाएको थियो ।

(06:01 PM)

लुम्बिनी २ ओभरमा ८ रन

लुम्बिनीले २ ओभरको समाप्तीमा ८ रन जोडेको छ ।

(05:59 PM)

विराटनगरका लागि प्रतीश जीशी बलिङमा

विराटनगरका लागि प्रतीश जीशी आफ्नो पहिलो ओभर लिएर बलिङमा आएका छन् । 

(05:57 PM)

लुम्बिनीले पहिलो ओभरमा जोड्यो ५ रन

लुम्बिनीले पहिलो ओभरमा ५ रन जोडेको छ । 

(05:56 PM)

लुम्बिनीका लागि शट र महर्जनको जोडी क्रिजमा

लुम्बिनीका लागि डी’आरसी शट र सुमित महर्जनको ओपनर जोडी क्रिजमा आएको छ ।

(05:52 PM)

लुम्बिनीलाई प्लेअफमा पुग्न यो खेल जित्नै पर्ने दबाब

लुम्बिनीलाई प्लेअफमा पुग्न विराटनगरसँगको यो खेल जित्नै पर्ने दबाब छ । लुम्बिनीले यसअघि खेलेका ५ मध्ये २ खेल मात्रै जितेको छ भने ३ मा पराजय भोगेको छ ।

Lumbini is under pressure to win this game to reach the playoffs.

(05:37 PM)

लुम्बिनीका लागि १४५ रनको चुनौती

विराटनगर किंग्सले २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनाउँदै लुम्बिनी लायन्सलाई १४५ रनको चुनौती दिएको छ ।

(05:35 PM)

रुबेन ट्रम्पलमनले वसिर अहमदलाई २८ रनमा क्याच आउट गराएका हुन् । 

(05:30 PM)

विराटनगर १९ ओभरमा १३४ रन

विराटनगरले १९ ओभरको समाप्तीमा १३४ रन जोडेको छ ।

(05:25 PM)

विराटनगर १८ ओभरमा ११८ रन

विराटनगरले १८ ओभरको समाप्तीमा ६ विकेट गुमाउँदै ११८ रन जोडेको छ ।

(05:20 PM)

विराटनगर १७ ओभरमा ११२ रन

विराटनगरले १७ ओभरको समाप्तीमा ११२ रन जोड्दा आफ्ना ६ ब्याट्सम्यान गुमाएको छ ।

(05:19 PM)

विराटनगर दबाबमा, पछिल्लो ५ ओभरमा गुमायो ३ विकेट

विराटनगरले पछिल्लो ५ ओभरमा ३५ रन जोड्दा ३ विकेट गुमाएको छ ।

(05:17 PM)

लुम्बिनीका कप्तानले गरे जीसीलाई रन आउट

लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले प्रतीश जीसीलाई रनआउट गरेका छन् ।

(05:15 PM)

विराटनगर १६ ओभरमा १०२ रन

विराटनगरले १६ ओभरको समाप्तीमा १०२ रन बनाएको छ । 

(05:12 PM)

विराटनगरको १०० रन पूरा

विराटनगरले १५ दशमलव ३ ओभरमा आफ्नो १०० रन पूरा गरेको छ । 

(05:11 PM)

लुम्बिनीका लागि शेर मल्ल बलिङमा

लुम्बिनीका लागि शेर मल्ल आफ्नो चौथो ओभर लिएर बलिङमा आएका छन् । उनले यसअघि ३ ओभरमा १९ रन दिँदै ३ विकेट लिएका छन् । 

Sher Malla bowls for Lumbini

(05:09 PM)

विराटनगर १५ ओभरमा ९६ रन

विराटनगर किंग्सले १५ ओभरको समाप्तीमा आफ्ना मुख्य ५ ब्याट्सम्यान गुमाउँदै ९६ रन जोडेको छ ।

(05:07 PM)

विराटनगरका लागि जीसी र अहमद ब्याटिङमा

विराटनगर किंग्सका लागि प्रतीश जीसी र बसिर अहमद ब्याटिङ गरिरहेका छन् ।  

GC and Ahmed bat for Biratnagar

(05:05 PM)

विराटनगर १४ ओभरमा ५ विकेट गुमाउँदै ८७ रन

विराटनगर किंग्सले १४ ओभरको समाप्तीमा ५ विकेट गुमाउँदै ८७ रन जोडेको छ ।

Biratnagar 87 runs for the loss of 5 wickets in 14 overs

(05:04 PM)

शेर मल्लले लिए एकै ओभरमा २ विकेट

शेर मल्लले आफ्नो तेस्रो ओभरको पहिलो  र तेस्रो बलमा विकेट लिएका छन् ।

Sher Malla took 2 wickets in one over.

(05:03 PM)

विराटनगरले गुमायो चौथो विकेट

 लुम्बिनी लायन्सका शेर मल्लले विराटनगर किंग्सका नारायण जोशीलाई एलबीडब्लू आउट गरेका छन् । 

(04:55 PM)

विराटनगर १२ ओभरमा ७७ रन

विराटनगरले १२ ओभरको समाप्तीमा ७७ रन जोड्दा माथिल्लो क्रमका ३ ब्याट्सम्यान गुमाएको छ । 

(04:54 PM)

लोकेश बम आउट, स्मिटले लिए विकेट

लुम्बिनीका लागि जेजे स्मिटले विराटनगरका विस्फोटक ब्याट्सम्यान लोकेश बमलाई आफ्नै बलमा क्याचआउट गरेका छन् । बम ४२ बलमा ३५ रन बनाएर आउट भए ।

(04:51 PM)

लुम्बिनीका लागि जेजे स्मिट बलिङमा

लुम्बिनीका लागि जेजे स्मिट व्यक्तिगत दोस्रो र टिमका लागि बाहौं ओभर लिएर आएका छन् ।  उनले पहिलो ओभरमा ७ रन दिएका थिए ।

(04:49 PM)

विराटनगर ११ ओभरमा ६६ रन

विराटनगरले ११ ओभरको समाप्तीमा ६६ रन जोडेको छ ।

(04:46 PM)

विराटनगर १० ओभरमा ५९ रन

विराटनगरले १० ओभरको समाप्तीमा २ विकेट गुमाउँदै ५९ रन जोडेको छ । विराटनगरका आउट हुने २ ब्याट्सम्यानमा स्कटल्यान्डका जर्ज मुन्सी र दक्षिण अफ्रिकी स्टार फाफ डु प्लेसिस रहेका छन् ।

(04:41 PM)

दसौं ओभर लिएर रुबेन ट्रम्पलमन

लुम्बिनीका लागि दसौं ओभर रुबेन ट्रम्पलमन गरिरहेका छन् ।

Ruben Trumpelman with the tenth over

(04:39 PM)

विराटनगर ९ ओभरमा ५६ रन

विराटनगरले ९ ओभरको समाप्तीमा ५६ रन जोड्दा आफ्ना मुख्य २ ब्याट्सम्यान गुमाएको छ । 

Biratnagar 56 runs in 9 overs

(04:36 PM)

विराटनगरको ५० रन पूरा

विराटनगरले  ८ दशमलव १ ओभरमा ५३ रन जोडेको ५ । 

(04:35 PM)

विराटनगर ८ ओभरमा ४७ रन

विराटनगरले ८ ओभरको समाप्तीमा २ विकेट गुमाउँदै ४७ रन जोडेको छ ।

(04:32 PM)

लुम्बिनीका लागि आठौं ओभर लिएर डी’आरसी शट

लुम्बिनीका लागि आठौं ओभर लिएर डी’आरसी शट आएका छन् ।

(04:30 PM)

विराटनगर ७ ओभरमा ३८ रन

विराटनगरले ७ ओभरको समाप्तीमा ३८ रन जोडेको छ ।

(04:29 PM)

विराटनगरका लागि साम हेजलेट र लोकेश बम क्रिजमा

विराटनगरका लागि साम हेजलेट ७ रन र लोकेश बम १९ रन बनाएर खेलिरहेका छन् ।

(04:27 PM)

विराटनगरले पावर प्लेमा जोड्यो ३४ रन

विराटनगरले पावर प्ले अर्थात् पहिलो ६ ओभरमा ३४ रन जोड्दा २ विकेट गुमाएको छ ।

(04:26 PM)

पाँचौं ओभरमा १ रन

अभिशेष गौतमले आफ्नो दोस्रो ओभरमा १ रन मात्रै दिएका छन् ।

(04:24 PM)

विराटनगर ४ ओभरमा २० रन

लुम्बिनी लायन्सका विरुद्ध ब्याटिङ गरिरहेको विराटनगर किंग्सले ४ ओभरको समाप्तीमा २० रन जोड्दा २ विकेट गुमाएको छ ।

(04:23 PM)

विराटनगर ३ ओभरमा १५ रन

लुम्बिनी लायन्सका विरुद्ध ब्याटिङ गरिरहेको विराटनगर किंग्सले ३ ओभरको समाप्तीमा १५ रन जोड्दा २ विकेट गुमाएको छ ।

(04:21 PM)

अभिशेखले गरे फाफ डु प्लेसिसलाई आउट

विराटनगर किंग्सका लागि खेलिरहेका दक्षिण अफ्रिकी स्टार फाफ डु प्लेसिस पहिलो खेलमा ९ बलमा १२ रन बनाएर आउट भएका छन् । उनलाई अभिशेख गौतम क्याचआउट गराएका हुन् ।

Abhishek dismisses Faf du Plessis

(04:17 PM)

विराटनगर २ ओभरमा ९ रन

विराटनगरले २ ओभरको समाप्तीमा ९ रन जोडेको छ ।

(04:16 PM)

विराटनगर १ ओभरमा २ रन

विराटनगरले १ ओभरको समाप्तीमा १ विकेट गुमाउँदै २ रन जोडेको छ ।

(04:15 PM)

पहिलो ओभरमै मुन्से आउट

विराटनगरले पहिलो ओभरको देस्रो बलमै स्कटल्यान्डका जर्ज मुन्सीलाई गुमाएको छ । 

(04:13 PM)

लुम्बिनीलाई प्लेअफमा पुग्न जित्नै पर्ने दबाब

लुम्बिनीलाई प्लेअफमा पुग्न जित्नैपर्ने दबाब छ भने विराटनगरले यो खेल जितेमा प्लेअफमा स्थान सुरक्षित गर्दै क्वालिफायर १ को नजिक पुग्नेछ।

Lumbini under pressure to win to reach the playoffs

(04:11 PM)

मार्टिन गप्टिलले लगातार तेस्रो खेल गुमाए

चोटका कारण विराटनगरका लागि खेलिरहेका न्युजिल्यान्डका मार्टिन गप्टिलले लगातार तेस्रो खेल गुमाएका छन् । 

Martin Guptill misses third consecutive match

(04:11 PM)

फाफ डु प्लेसिसले एनपीएलमा पहिलो खेल खेल्दै

विराटनगर किंग्सका तर्फबाट फाफ डु प्लेसिसले एनपीएलमा पहिलो खेल खेल्दैछन् । उनी अबुधाबी टी–१० लिग सकेर यूएईबाट सोमबार नेपाल आएका हुन् । 

Faf du Plessis playing his first match in the NPL

(04:10 PM)

लुम्बिनीले जित्यो टस, फिल्डिङको निर्णय

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबारको खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा टस जितेर विराटनगर किंग्सलाई ब्याटिङका लागि बोलाएका हुन् ।

कान्तिपुर संवाददाता

Link copied successfully