दक्षिण अफ्रिकी स्टार फाफ डु प्लेसिसको एनपीएलमा यो पहिलो खेल हो । उनी अबुधाबी टी–१० लिग सकेर यूएईबाट सोमबार नेपाल आएका हुन् । तर चोटका कारण न्युजिल्यान्डका मार्टिन गप्टिलले लगातार तेस्रो खेल गुमाउने छन् ।
What you should know
काठमाडौँ — लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबारको खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा टस जितेर विराटनगर किंग्सलाई ब्याटिङका लागि बोलाएका हुन् ।
दक्षिण अफ्रिकी स्टार फाफ डु प्लेसिसको एनपीएलमा यो पहिलो खेल हो । उनी अबुधाबी टी–१० लिग सकेर यूएईबाट सोमबार नेपाल आएका हुन् । तर चोटका कारण न्युजिल्यान्डका मार्टिन गप्टिलले लगातार तेस्रो खेल गुमाउने छन् ।
विराटनगरको टोलीमा अन्य विदेशी खेलाडीहरुमा दक्षिण अफ्रिकी तीब्र बलर मर्च्येन्ट डी ल्याङ्गे, स्कटल्यान्डका जर्ज मुन्सी र अस्ट्रेलियाका साम हेजलेट रहेका छन् । श्रीलंका सेहन जयसुर्या काठमाडौं आएर पहिलो खेल खेल्नेक्रममै शुक्रबार घाइते भएका थिए ।
लुम्बिनीले पछिल्लो खेलबाट श्रीलंकाका निरोशन डिकवेलालाई टोलीमा थपेको थियो । टोली डी’आरसी शट, रुबेन ट्रम्पलमन लगायतका खेलाडी छन् । आईएल टी–२० खेल्न लागेका गुलबदिन नैबको स्थानमा लुम्बिनीले जेजे स्मिटलाई खेलाएको छ ।
विराटनगरले यस खेल जितेमा प्लेअफमा निश्चित गर्दै क्वालिफायर १ को नजिक पुग्ने छ । विराटनगरले पहिलो ५ मध्येको ४ खेल जितेर प्लेअफमा स्थान निश्चित गरिसकेको छ । पहिलो ३ खेल जितेको विराटनगर चौथो खेलमा चितवन राइनोजसँग ४८ रनले पराजित भएको थियो ।
तर पछिल्लो खेलमा कर्णाली याक्सलाई ३ विकेटले पराजित गरी टोली पुनः विजय पथमा फर्किको थियो । यता लुम्बिनीलाई प्लेअफमा पुग्न यो खेल जित्नै पर्ने दबाबमा रहेको छ । लुम्बिनीले ५ मध्येको २ खेल जितेको छ भने ३ मा पराजय भोगेको छ ।
विराटनगर र आफ्नो अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेमात्र लुम्बिनी प्लेअफमा सुरक्षित हुने सम्भावना बन्छ ।
