खेलको अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला ।
नेपाल प्रिमियर लिगमा काठमान्डु गोर्खाजले खेल जित्नका लागि पोखरा एभेन्जर्सलाई १ सय ६६ रनको लक्ष्य दिएको छ । काठमाडौंले ७ विकेटको क्षति उक्त योगफल खडा गरेको हो ।
काठमाडौंबाट दुई ब्याट्सम्यानले अर्धशतक बनाए । बेन चाल्र्सवर्थ ५५ बलमा ६४ तथा भीम सार्कीले २३ बलमा ५५ रन प्रहार गरे । बेनले २ छक्का र ५ चौकाे तथा भीमले ४ छक्का र ५ चौका प्रहार गरे ।
पोखराबाट धनन्जय लक्शनले ४ विकेट लिए ।

