विपिन शर्मा र सुमित महर्जन खेल्दै
काठमाडौँ — कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शनिबारको खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । कर्णालीका कप्तान सोमपाल कामीले टस जितेपछि त्रिवि क्रिकेट अर्न्ताष्ट्रिय रंगशालामा लुम्बिनी लायन्सलाई ब्याटिङका लागि बोलाएका हुन् ।
कर्णालीले आफ्नो टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ । टोलीले युनिसविक्रम सिंहको स्थानमा विपिन शर्मा र म्याक्स ओ’डडको स्थानमा विलियम बोसिस्टोलाई खेलाएको छ । टोलीबाट सोमपालसहित प्रियांक पन्चाल, पवन सरार्फ, विलियम बोसिस्टो, नाजिबुल्लाह जाद्रान, मार्क वाट, गुलशन झा, अर्जुन घर्तीमगर, युवराज खत्री, नन्दन यादव, विपिन शर्मा खेलिरहेका छन् ।
लुम्बिनीले दीनेश अधिकारीको स्थानमा सुमित महर्जनलाई खेलाइरहेको छ । रोहित पौडेलको कप्तानीमा डी’आरसी शर्ट, सन्दीप जोरा, सुमित, दीलिप नाथ, गुलबदिन नैब, समिर अली, शेर मल्ल, अभिषेक गौतम, रुबेन ट्रम्पलमन, जजे स्मिट खेलिरहेका छन् ।
दुवै टोलीको यो दोस्रो खेल हो । लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो । कर्णाली भने पहिलो खेलमा चितवनसँग ४ विकेटले पराजित भएको थियो ।
गत सिजन कर्णालीले लुम्बिनीलाई ५ विकेटले पराजित गरेको थियो । गत सिजनमा चितवन प्लेअफमा पुग्दै तेस्रो भएको थियो भने लुम्बिनीले ७ मध्येको ६ खेल हारेर पुछारमा रहेको थियो ।
