पोखरा त्यही टोली हो, जसले त्यसको दुई खेलपछि लुम्बिनी लायन्सलाई १० विकेटले हराउन सफल भयो । त्यो पनि १ सय ७६ रन विनाविकेट गुमाएर । एन्द्रे गाउसले यस खेलमा अविजित १ सय ४ रन जोड्दै एनपीएलको पहिलो शतकको इतिहास कोरेका थिए ।
What you should know
काठमाडौँ — गत सिजन चितवन राइनोजसँगको खेलमा सातौं ओभरमा १७ रन बनाउँदा पोखरा एभेन्जर्सले ७ विकेट गुमाएको थियो । जुन खेलमा पोखराले जसोतसो ७४ रन बनाउन सक्यो । त्यो स्कोर एनपीएलकै दोस्रो न्युन बन्यो । १७–७ को स्थितिलाई लिएर ८४ रनको हारपछि पोखराका प्रशिक्षक राजीव कुमार भन्दै थिए, त्योभन्दा तल जाने ठाउँ नै थिएन ।
पोखरा त्यही टोली हो, जसले त्यसको दुई खेलपछि लुम्बिनी लायन्सलाई १० विकेटले हराउन सफल भयो । त्यो पनि १ सय ७६ रन विनाविकेट गुमाएर । एन्द्रे गाउसले यस खेलमा अविजित १ सय ४ रन जोड्दै एनपीएलको पहिलो शतकको इतिहास कोरेका थिए ।
पोखराको टोली अहिले हेर्ने हो भने पनि टोलीको प्रदर्शनमा अनुमान गर्न कठिन हुन्छ । पोखरालाई यो स्थितिबाट पार लगाउन कप्तान कुशल भुर्तेलको ब्याटबाट संयमता देखाउन आवश्यक छ । गत वर्ष उनका लागि ब्याटबाट एनपीएल बिर्सनलायक प्रतियोगिता बनेको थियो । दिनेश खरेल, तृतराज दास, अर्जुन कुमाल र अभिषेक तिवारीले ब्याटिङमा लय मिलाउन जरुरी छ ।
जिम्मी निसमको आगमनले पोखरेली समर्थकलाई ठूलो आस दिलाउने छ । उनी च्याम्पियन टोली जनकपुरबाट आएका हुन् । तर उनले प्रतियोगिताका पूरै खेल खेल्नेमा शंका छ । जेहोस्, निसम पोखरामा ‘विनिङ फ्लेवर’ ल्याउन सक्ने हैसियत भएका खेलाडी हुन् । देव्रेहाते तीव्र बलिङका कारण रेयमन रेइफरले पनि प्रभाव बनाउन सक्छन् । काठमान्डु गोर्खाजबाट आएका ड्यान डाउथवेट मध्यक्रममा ठूलो शट हान्न माहिर छन् । उनले गत सिजन गोर्खाजबाट खासै मौका पाएका थिएनन् ।
टिममा को-को छन् ?
कुशल भुर्तेल (कप्तान), सागर ढकाल, आकाश चन्द, किरण ठगुन्ना, तृतराज दास, विपिन खत्री, अर्जुन कुमाल, दिनेश खरेल, अभिषेक तिवारी, कृष्ण पौडेल, सन्दीप केसी, एडम रोसिङटन, रेयमन रेइफर, ड्यान डाउथवेट, जिम्मी निसम ।
