भारत-पाकिस्तान द्वन्द्व : आईपीएल स्थगित

वैशाख २६, २०८२

कान्तिपुर संवाददाता

India-Pakistan conflict: IPL postponed

काठमाडौँ — भारत-पाकिस्तान द्वन्द्व चर्किँदा १८औं सिजनको आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट बोर्ड(बीसीसीआई) ले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै आईपीएल स्थगित गर्ने निर्णय गरेको हो । बीसीसीआईले औपचारिक रूपमा केहीबेरमा यसबारे जानकारी दिने छ ।

बिहीबार धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि सुरक्षाको कारण देखाउँदै स्थगित गरिएको थियो । धर्मशाला गोलीबारी चलिरहेको ठाउँ पठानकोटबाट १०० किलोमिटरभन्दा पनि कमको दूरीमा रहेको छ ।

धर्मशालामा खेल चलिरहेकै बेला सुरक्षासम्बन्धी चेतावनी आएपछि बीच ओभरमै खेल रोकिएको हो । मिडिया रिपोर्टहरूका अनुसार दुई देशबीचको तनाव चर्किँदै जाँदा आईपीएल खेलिरहेका विदेशी खेलाडी त्रसित छन् । केही खेलाडीले स्वदेश फर्कनका लागि अपिलसमेत गरेका थिए । 

अहिलेसम्म आईपीएल-२०२५ को लिग चरणका ५८ खेल सकिएका छन् । लिग चरणकै १२ खेल अझै बाँकी छन् । लिग चरणपछि प्लेअफका खेल सुरु हुनेछन् जहाँ शीर्ष ४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

कान्तिपुर

Link copied successfully