सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर

पुस ३, २०८१

कान्तिपुर संवाददाता

Janakpur batting first against Sudurpaschim

काठमाडौँ — जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर-१ मा सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । जनकपुरका कप्तान आसिफ शेखले बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि पहिला ब्याटिङ रोजेका हुन् ।

नियमित कप्तान अनिल साह घाइते रहेको अवस्थामा टोलीका मार्की खेलाडी आसिफले जनकपुरको नेतृत्व गरिरहेका हुन् । अनिलको स्थानमा आकाश त्रिपाठीले खेलेका छन् । राउन्ड रोबिन लिगको अन्तिम खेलमा कर्णाली याक्समाथि विजय हात पारेको टोलीबाट सुदूरपश्चिमले कुनै खेलाडी परिवर्तन गरेको छैन ।

यस जित्ने टोली फाइनल पुग्ने छ भने पराजित हुने टोलीले क्वालिफायर २ मा खेल्ने छ । राउन्ड रोबिन लिगमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सो क्रममा जनकपुर ५१ रनमा अलआउट भएको थियो, जुन एनपीएलकै सवैभन्दा न्यून स्कोर हो । 

कान्तिपुर

Link copied successfully