लुम्बिनीविरुद्ध टस जितेर विराटनगर फिल्डिङ गर्दै

मंसिर १९, २०८१

कान्तिपुर संवाददाता

Viratnagar fielding after winning the toss against Lumbini

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको सातौं खेल विराटनगर किंग्स र लुम्बिनी लाइन्सबीच हुँदै छ । बुधबार दिउँसो त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर फिल्डिङ रोजेको छ ।

लुम्बिनीको यो पहिलो खेल हो भने विारटनगरको तेस्रो खेल हो । विराटनगर यसअघिको दुवै खेलमा पराजित भएकोले आजको खेलमा जित निकाल्ने दाउमा छ भने लुम्बिनी पहिलो खेलबाटै जितको सुरुआत गर्ने दाउमा छ ।

कान्तिपुर

Link copied successfully