काठमाडौँ — अमेरिकी ब्याटर जोसुआ ट्रम्पले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । जनकपुरले शुक्रबार आफ्नो सामाजिक सञ्जालबाट यसको घोषणा गरेको हो ।
जोसुआले यस वर्ष भएको मेजर लिग क्रिकेटमा टेक्सस सुपर किंग्सबाट खेलेका थिए ।
उनले ८ खेलमा ९४ रन बनाएका थिए । जुलाईमा मेजर लिगको अन्तिम खेलमा उनले सान फ्रान्सिस्को युनिकर्नसबाट खेल्दै ३६ बलमा अविजित ५६ रन बनाएका थिए ।
एनपीएलका लागि जनकपुरले भित्र्याएका उनी दोस्रो विदेशी खेलाडी हुन् । अघिल्लो दिनमात्र जनकपुरले न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसमलाई अनुबन्ध गरेको थियो ।
