यू-१९ विश्वकप : भारतविरुद्ध खेल्दै नेपाल

माघ १९, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप अन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयानुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ ।

नेपालले यसअघि पहिलो सुपर सिक्सको खेलमा बंगलँदेशसँग ५ विकेटको हार व्यहोरेको थियो । समूह चरणमा भने न्युजिल्यान्ड र पाकिस्तानसँग पराजित नेपाल अफगानिस्तानसँग विजयी हुँदै सुपर सिक्समा पुगेको हो । भारत भने समूहचरण र सुपरसिक्सको एक खेल जित्दै हालसम्म विश्वकपमा अपराजित छ ।

यू-१९ विश्वकप क्रिकेट

कान्तिपुर

Link copied successfully