कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

यू-१९ विश्वकप : नेपालले आज न्युजिल्यान्डसँग खेल्दै

काठमाडौँ — नेपालले आइतबार न्युजिल्यान्डसँग खेलेर दक्षिण अफ्रिकामा आईसीसी यू–१९ विश्वकप क्रिकेटको यात्रा सुरु गर्दै छ । युवा विश्वकपमा नेपालले ८ वर्षपछि पुनरागमन गरेको हो । न्युजिल्यान्डले दुई वर्षअघि क्यारेबियन भूमिमा भएको पछिल्लो संस्करण कोभिड–१९ को प्रोटोकलका कारण जनाउँदै खेलेको थिएन । 

यू-१९ विश्वकप : नेपालले आज न्युजिल्यान्डसँग खेल्दै

इस्ट लन्डनमा हुने समूह ‘डी’ को न्युजिल्यान्डसँगको खेल नेपालका लागि निकै महत्त्वपूर्ण छ । नेपाल पहिलो खेलबाटै लय समाउने दाउमा छ । दक्षिण अफ्रिका पुगेर खेलेको चारमध्ये तीन अभ्यास खेलमा जित पाएको नेपाल त्यही लय न्युजिल्यान्डविरुद्ध उतार्ने दाउमा छ ।

न्युजिल्यान्डविरुद्ध यू–१९ विश्वकपमा नेपाल अपराजित छ । सन् २००६ मा श्रीलंकामा भएको प्रतियोगितामा नेपालले प्लेट फाइनलमा न्युजिल्यान्डलाई १ विकेटले पराजित गरेको थियो । २०१६ मा बंगलादेशमा भएको प्रतियोगितामा पनि नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डलाई ३२ रनले हराएको थियो । नेपाल त्यसयता यू–१९ विश्वकपमा पहिलो पटक खेल्दै छ ।

सोही समूहमा शनिबार दुई पटकको च्याम्पियन पाकिस्तानले अफगानिस्तानलाई १ सय ८१ रनले पराजित गरेको छ । पाकिस्तानले ९ विकेट गुमाई २ सय ८४ रन बनाएको थियो भने जबाफमा अफगानिस्तान २७ ओभरभित्र १ सय ३ रनमै अलआउट भयो ।

प्रकाशित : माघ ७, २०८० ०६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×