आजकै दिन : मस्को ओलम्पिक ६५ देशद्वारा बहिष्कार

श्रावण ३, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९८० मा आजकै दिन (जुलाई १९) मा सोभियत संघको मस्कोमा ओलम्पिक खेलकुद प्रतियोगिता सुरु भएको थियो । अगस्ट ३ सम्म चलेको प्रतियोगिताको १९ औं संस्करण विभिन्न ६५ देशले बहिष्कार गरेका थिए । 

सन् १९७९ मा सोभियत संघले अफगानिस्तानमा आक्रमण गरेका कारण ओलम्पिकको इतिहासमै सबैभन्दा धेरै देशले खेल बहिष्कार गरेका थिए । यसको नेतृत्व भने अमेरिकाले लिएको थियो । तत्कालीन अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले मस्को ओलम्पिक बहिष्कार गर्नुपर्ने भन्दै विश्व समुदायसमक्ष आह्वान गरेका थिए । जसका कारण विभिन्न ६५ देशले खेल बहिष्कार गरेका हुन् । 

बेलायत, फ्रान्स, इटाली, स्वीडेनलगायत युरोपेली देशले खेलमा सहभागिता जनाएका थिए । प्रतियोगितामा ८० देशका पाँच हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा प्रथम स्थान हासिल गरेको सोभियत संघले ८० स्वर्णसहित १९५ पदक जितेको थियो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully