करिब १० लाख रूपैयाँबराबरको मोबाइल र पार्टपुर्जा बरामद

श्रावण ३, २०८०

अमृता अनमोल

बुटवल — रुपन्देही प्रहरीले बुटवलबाट करिब १० लाख रुपैयाँबराबरका अवैध रूपमा भित्रिएका मोबाइल र पाटपुर्जा बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ९ लाख ७४ हजार ५ सय रुपैयाँ मूल्यबराबरको मोबाइल र पाटपुर्जा बरामद गरेको हो । 

प्रहरीले अवैध मोबाइल तथा पाटपुर्जा ल्याएको अभियोग सोमबार राति बुटवल-१२ रामनगरबाट सामानसहित एक जनालाई पक्राउसमेत गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्यामू अर्यालका अनुसार शुद्धोधन गाउँपालिका-४ का २३ वर्षीय दिनानाथ थारु पक्राउ परेका छन् । उनीसँग स्कुटर र विभिन्न किसिमका २३ थान मोबाइल पनि बरामद गरिएको छ ।

साथै चार्जर, ब्याट्री र मोबाइलको डिस्प्लेलगायतका सामान पनि बरामद भएका छन् । डीएसपी अर्यालले बरामद सामान अनुसन्धानका लागि भन्सार कार्यालय बेलहिया पठाइएको बताए । 

युवा ग्यालरी

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully