राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना संक्रमण- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना संक्रमण

इकान्तिपुर डेस्क

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार साँझ उनले आफूलाई कोभिड-१९ पोजिटिभ देखिएको सामाजिक सञ्चाल मार्फत जानकारी गराएका हुन् ।

उनले आफूसँग केही दिनयता सम्पर्कमा रहेकाहरुलाई सचेत आग्रह स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउन आग्रह गरेका छन् ।


मल्लले आफू कोरोना संक्रमित भएपनि हालसम्म कुनै लक्षण नदेखिएको उल्लेख गरेका छन् । उनले आफू केहीदिन होम आइसोलेसनमा रहने समेत जानकारी गराएका छन् ।

कोरोना महामारीलाई सामान्य रुपमा नलिन आग्रह मल्ले स्वास्थ्य सुरक्षा र सावधानी अपनाउन सबैलाई आग्रह समेत गरेका छन् ।

प्रकाशित : मंसिर १०, २०७७ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्

पैदलयात्रीलाई ठक्कर दिई फरार गाडीसहित चालक पक्राउ 

कान्तिपुर संवाददाता

भक्तपुर — पैदलयात्रीलाई ठक्कर दिई फरार गाडीसहित प्रहरीले चालकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गत शुक्रबार बिहान सूर्यविनायक नगरपालिका–९ पलाँसेस्थित सडक पार गर्ने क्रममा स्थानीय ६५ वर्षीय ललितकुमारी कार्कीलाई ठक्कर दिई फरार रहेका प्रदेश २–०१–००१ च ०१८० नम्बरको गाडीसहित चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहा गोलबजारका २४ वर्षीय अर्जुन विक छन् ।

शुक्रबार बिहान काभ्रेको बनेपाबाट काठमाडौंका लागि छुटेको उक्त गाडीले सडक पार गर्दै गरेकी कार्कीलाई ठक्कर दिएर सख्त घाइते बनाइ भागेको थियो । घाइते कार्कीको अन्नपूर्ण न्युरो अस्पताल काठमाडौंमा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको थियो ।

महानगरीय प्रहरी वृत्त जगाती र ईलाका प्रहरी कार्यालय गोलबजार सिराहाको समन्वयमा गाडी चालकलाई पक्राउ गरेको जनाएको छ ।

प्रकाशित : मंसिर १०, २०७७ १९:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×