कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बोस्टन म्याराथन नहुने

एजेन्सी

बोस्टन — यस वर्षको प्रतिष्ठित बोस्टन म्याराथन शुक्रबार स्थगित गरिएको छ । कोरोना भाइरस महामारीका कारण १ सय २४ वर्षको लामो इतिहासमा पहिलोपटक दौड प्रतियोगिता नहुने भएको हो ।

बोस्टन म्याराथन नहुने

दौड अप्रिल २० मा हुनुपर्नेमा त्यसलाई सारेर सेप्टेम्बर १४ पुर्‍याइएको थियो । अब त्यो मितिमा पनि दौड नहुने भएको छ । बोस्टनका मेयर मार्टी वाल्सले सार्वजनिक स्वास्थ्यलाई ध्यानमा राखेर दौड रद्द गरिएको बताएका छन् ।

उनले भनेका छन्, ‘दौडमा ठूलो संख्यामा सर्वसाधारण कुनै न कुनै रूपमा आवद्ध हुने गर्छन् । त्यसैले यो वर्ष दौड आयोजना गर्नु सम्भव नै देखिएन् ।’

विश्व म्याराथनको इतिहासमा लगातार आयोजना भइरहेका प्रतिस्पर्धामध्ये बोस्टनको यो प्रतियोगिता सबैभन्दा पुरानोमध्ये एक हो । सन् १८९७ देखि यो प्रतियोगिता नियमित आयोजना भइरहेको थियो ।

प्रकाशित : जेष्ठ १६, २०७७ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?