रौतहटको जोकाहामा स्थानीय र प्रहरीबीच झडप

जेष्ठ १६, २०७७

रौतहट — रौतहटको इशनाथ नगरपालिकाको जोकाहामा प्रहरी र स्थानीयबीच झडप भएको छ । त्यहाँ रहेका २ जना कोरोना संक्रमितलाई गरुडास्थित प्रहरी विद्यालयमा स्थापना गरिएको आइसोलेसनमा ल्याउन लाग्दा स्थानीयले अवरोध गरेपछि झडप भएको हो ।

स्थानीयले कोरोना संक्रमितलाई त्यहीँ नै राखेर उपचार गर्नुपर्ने माग राख्दै विरोध गरेको सन्तोष मेहताले जानकारी दिए । संक्रमित रहेको स्थानबाट गरुडास्थित प्रहरी विद्यालय करिब २५ किलोमिटरको दूरीमा रहेको छ । स्थानीयले जोकाहामै रहेको क्वारेन्टाइनमा राखेर संक्रमितको उपचार गर्न माग गर्दै विरोध प्रदर्शन गरेको मेयर मेहताले बताए । 

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । स्थिति अहिले पनि तनावपूर्ण  छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीयले ढुङ्गा हान्न थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको हो । 

कोरोना भाइरस

Link copied successfully