२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

रेलिगेसनको विपक्षमा पुछारका क्लब

एजेन्सी

लन्डन — इंग्लिस प्रिमियर लिग (ईपीएल) को पुछारमा रहेका क्लबले प्रतियोगिताका बाँकी खेल तटस्थ भूमिमा खेल्नु पर्ने हो भने रेलिगेसनको व्यवस्थाप हटाउनु पर्ने बताएका छन् ।

रेलिगेसनको विपक्षमा पुछारका क्लब

यो सिजनका सबै खेल पूरा गर्ने हो भने क्लबले १० तटस्थ भूमिमा खेल्नु पर्नेछ । रेलिगेसनको डरबाट गुज्रिरहेको ब्राइटनले तटस्थ भूमिमा खेल्ने नियमले लिगको महत्त्व र प्रतिष्ठा घटाउने दाबी गरेका छन् ।


पुछारका क्लबले तटस्थ भूमिमा खेल्न आफ्नो टिम रेलिगेसन पर्ने सम्भावाना बढ्ने बताएका छन् । कोरोना भाइरस संक्रमणको महामारीका कारण ईपीएल मार्च १३ देखि रोकिएको स्थितिमा छ ।

लिगका सबै २० क्लब अनुकुल स्थिति आएपछि सन् २०१९–२०२० को सिजनका बाँकी ९२ खेल पूरा गर्न भने प्रतिबद्ध छन् । यस्तै सबै क्लब दर्शकबिना बन्द रंगशालामा खेल्न भने तयार भइसकेका छन् ।

प्रकाशित : वैशाख २२, २०७७ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?