चेल्सीले विदेशी खेलाडीलाई इंग्ल्यान्ड बोलायो

वैशाख १९, २०७७

एजेन्सी

लन्डन — चेल्सीले आफ्ना विदेशी खेलाडीलाई इंग्ल्यान्ड फर्कन भनेको छ । ब्राजिलका विलियनसँगै केही प्रमुख विदेशी खेलाडी कोरोना भाइरस संक्रमणको महामारी फैलिएपछि घर फर्केका थिए । 

इंग्लिस प्रिमियर लिग जुनमा फेरि सुरु हुन सक्ने सम्भावनाबीच चेल्सीले आफ्ना विदेशी खेलाडीलाई इंग्ल्यान्ड फर्कन भनेको हो । अहिले तत्काल अन्तर्राष्ट्रिय उदान रद्द रहेको स्थितिमा चेल्सीले आफ्ना विदेशी खेलाडीलाई इंग्ल्यान्ड फर्कन उदार नीति भने अपनाउने छ । 

ब्राजिलमै जन्मेका एमरसन र अमेरिकाका क्रिस्टियन पुलिसिच पनि आ–आफ्नो देशमा फर्केका थिए । इंग्ल्यान्ड फर्केयता पनि विदेशी खेलाडीले १४ दिन क्वारेन्टाइनमा बिताउनु पर्नेछ । 

कोरोना भाइरस

एजेन्सी

Link copied successfully