कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रिमियर लिगका खेलाडीको ३० प्रतिशत तलब कट्टा गरिने

एएफपी

लन्डन — इंग्लिस प्रिमियर लिगले खेलाडीलाई आफ्‍नो वार्षिक तलबबाट ३० प्रतिशत कट्टा गरेर लिन भनेको छ । कोरोनो भाइरस संक्रमणको महामारीले आर्थिक अवस्थामा ठूलो धक्का परेपछि आयोजकले खेलाडीसँग यस्तो अनुरोध गरेको हो ।

प्रिमियर लिगका खेलाडीको ३० प्रतिशत तलब कट्टा गरिने

इंग्ल्यान्डको माथिल्लो डिभिजनमा खेल्ने खेलाडीको पारिश्रमिक अत्याधिक हुने गर्छ र पछिल्लो समय उनीहरूमाथि आफ्नो पारिश्रमिक कट्टा गरेर लिन ठूलो नैतिक दबाब बढेको थियो ।

प्रिमियर लिगमा खेल्ने खेलाडीको औसत पारिश्रमिक वर्षको ३० लाख पाउन्ड रहेको छ । लिग आयोजकका अनुसार शुक्रबार बसेको सबै २० क्लबको बैठकमा उनीहरू आफ्ना खेलाडीबाट तलब कट्टा गर्न सहमत पनि भएका छन् ।

प्रकाशित : चैत्र २२, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?