एटलेटिकोद्वारा पनि ७० प्रतिशत तलब कट्टा

चैत्र २१, २०७६

म्याड्रिड — एटलेटिको म्याड्रिडका खेलाडीले आफ्नो तलबबाट ७० प्रतिशत कट्टा गरेर लिन बिहीबार सहमति गरेका छन् । यसअघि बार्सिलोनाका खेलाडीले पनि यस्तै निर्णय गरेका थिए ।

कोरोनो भाइरसकको संक्रमणको महामारीका कारण खेलाडीले यो निर्णय गरेका हुन् । खेलाडीले संक्रमणले प्रभावित महिनामा ३० प्रतिशत मात्र तबल बुझ्ने छन् ।

यो एटलेटिकोको पुरुष र महिलाको पहिलो रोजाईको टिम तथा पुरुष बी टिमका खेलाडीमा लागू हुनेछ ।

कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित हुने देशमा स्पेन पनि रहेको छ र त्यहाँ यसकै संक्रमणका कारण १० हजार भन्दा बढीको मृत्यु भइसकेको छ । 

Link copied successfully