कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

रुकुम पश्चिममा भूकम्पबाट २ हजार १३६ घर पूर्ण क्षति

गंगा बीसी

रुकुम पश्चिम — रुकुम पश्चिममा भूकम्पले २ हजार १३६ घर पूर्ण क्षति भएका छन् । २ हजार ६४२ आंशिक र ४ हजार ६७० सामान्य क्षति भएका छ्न् । 

रुकुम पश्चिममा भूकम्पबाट २ हजार १३६ घर पूर्ण क्षति

जिल्ला प्रशासन कार्यालय रुकुमका अनुसार प्रारम्भिक विवरणमा रुकुममा २ अर्बभन्दा बढीको क्षति भएको देखिएको छ । हालसम्म घाइते भएका ३०९ मध्ये १८१ डिस्चार्ज भएका छन् । २७ गम्भीर बिरामीको काठमाडौं, सुर्खेत, नेपालगन्जमा उपचार भइरहेको छ । हालसम्म ५२ को मृत्यु भएको सीडीओ हरिप्रसाद पन्तले बताएका छन् ।

सरोकारवाला र प्रभावितले राहत पर्याप्त नपुगेको गुनासो गरेका छन् ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १ सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पमा परी दुई सयभन्दा बढी घाइते भएका छन् भने स्थानीयवासीका हजारौँ घरगोठलगायत भौतिक संरचनामा क्षति पुगेको छ ।

मन्त्रीको टोली रुकुममा । तस्बिर : कान्तिपुर


प्रकाशित : कार्तिक १९, २०८० १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?