३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बाँकेमा थप २० जनामा कोरोना पुष्टि

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा शनिबार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल बाँकेले दिएको जानकारी अनुसार नेपालगन्जमा १६ र कोहलपुरमा ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

बाँकेमा थप २० जनामा कोरोना पुष्टि

३ सय जनामा गरिएको परीक्षणमा बर्दियाका २ गरि २२ जनामा कोरोना जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोभिड-१९ फोकल पर्सन नरेश श्रेष्ठले बताए । कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरि तेस्रो पटक जारी निषेधाज्ञा गरेको थियो ।

यसैबीच समुदाय स्तरमा कोरोना संक्रमण बढ्दै गएको भन्दै शनिबारसम्म जारी निषेधाज्ञा ३ दिन थप गरिएको छ ।

शनिबार राति १२ बजेदेखि प्रशासन कार्यालयले मंगलबार राति १२ बजेसम्मका लागि सुरक्षा, एम्बुलेन्स, शव बाहन, दमकल बाहेकका सम्पूर्ण सवारी साधन, पसल व्यवसाय सञ्चालन र हिँडडुल गर्न निषेध गर्ने निर्णय गरेको हो । बाँकेमा शुक्रबार मात्र ४९ जनामा कोरोना पुष्टि भएको थियो ।

प्रकाशित : श्रावण २४, २०७७ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?