२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

मकवानपुरमा सक्रिय संक्रमित पाँचसय नाघ्यो, निषेधाज्ञाको तयारी

सुवास विडारी

मकवानपुर — मकवानपुरमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँचसय नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार शनिबार बिहानसम्ममा मकवानपुरमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँचसय २४ जना पुगेको छ ।

मकवानपुरमा सक्रिय संक्रमित पाँचसय नाघ्यो, निषेधाज्ञाको तयारी

शनिबार बिहान प्राप्त प्रयोगशाला रिपोर्टअनुसार २ सय ७७ जनाको स्वाब परीक्षण गर्दा १ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता ठाकुर पौडेलका अनुसार कोरोना भाइरसको दोस्रो लहरको संक्रमण विस्तार भएपछि जिल्लामा १ हजार ६ सय ५० जनाको परीक्षण गर्दा ६ सय २ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

हेटौंडामा हाल सक्रिय संक्रमित मध्ये ११ जना हेटौंडा अस्पतालको एचडीयू वार्डमा उपचाररत छन् भने १३ जना गौरिटार आइसोलेसन वार्डमा छन् । मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमित ५ सयजना होम आइसोलेसनमा छन् । ‘आज अझै संक्रिमित थपिने निश्चित छ । अहिले पनि स्वाबको पीसीआर परीक्षण भइरहेको छ ।’, उनले थपे ।

सक्रिय संक्रिमतको संख्या पाँचसय नाघेसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा निषेधाज्ञाको तयारी गरेको छ । ‘हामीले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक बोलाएका छौं । निषेधाज्ञा गर्ने वा पूर्णरुपमा लकडाउन भन्ने विषयमा हामी निर्णयमा पुग्नेछौं,’ प्रजिअ भरतमणि पाण्डेले भने । उनले सक्रिय संक्रमितको उपचारका लागि आवश्यक व्यवस्था गरिएको बताए ।

प्रकाशित : वैशाख १८, २०७८ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?