विराटनगरको नोबेल अस्पतालमा तीन जना संक्रमितको मृत्यु

वैशाख १८, २०७८

देवनारायण साह

विराटनगर — विराटनगर महानगरपालिकाका नगर प्रहरी हवल्दारसहित तीन जना कोरोना संक्रमितको शनिबार नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । 

विराटनगर ३ घर भई १७ वर्षदेखि नगर प्रहरीमा कार्यरत ५७ वर्षीय हवल्दारको शनिबार बिहान मृत्यु भएको हो । वैशाख १५ गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए । श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रबार नोबेल अस्पतालमा भर्ना भएका उनको हृदयघातसमेत भएर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । 

त्यस्तै सप्तरीको राजविराज ९ का ४५ वर्षीय  संक्रमित पुरुषको र महोत्तरी गाउँपालिका–६ का ३५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको दाहालले बताए । संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था गम्भीर भएपछि शुक्रबार उपचारका लागि अस्पताल भर्ना गरिएको उनले बताए । राजविराजका ४५ वर्षीय संक्रमित मधुमेह र उच्च रक्तचापका दीर्घ रोगी रहेको दाहालले जानकारी दिए । 

कोरोना भाइरस

देवनारायण

Link copied successfully