रविको राजनीतिक प्रतिवेदन : राष्ट्रिय सभालाई गैरदलीय विज्ञको सभा बनाउने, सभाध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिने

अहिलेको मिश्रित निर्वाचन प्रणालीको सट्टा सबै समुदायको प्रतिनिधित्व सुनिश्चित हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने प्रस्ताव पनि लामिछानेले गरेका छन् ।

असार ९, २०८३

कान्तिपुर संवाददाता

Ravi's Political Report: Make the National Assembly a non-partisan assembly of experts, give the responsibility of the Speaker to the Vice President

चिवतन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय सभालाई गैरदलीय विज्ञहरूको सभा र त्यसको सभाध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिने प्रस्ताव अघि सारेको छ।

पार्टीको महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै सभापति रवि लामिछानेले संविधान संशोधनसम्बन्धी प्रसंगमा आफूहरु प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा रहेको समेत उल्लेख गरेका छन् । 

'विधानमाथि हाम्रा केही फरक धारणा छन् जुन हामीले पार्टी स्थापनादेखि नै राख्दै आएका छौं, हामी स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारीसहितको प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा छौं,' उनले भने, 'हामी अहिलेको अत्यन्त महँगो निर्वाचन प्रणालीको सट्टा पूर्ण समानुपातिक निर्वाचन प्रणालीका पक्षमा छौं जसले सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गरोस् ।'

अहिलेको मिश्रित निर्वाचन प्रणालीको सट्टा सबै समुदायको प्रतिनिधित्व सुनिश्चित हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने प्रस्ताव पनि उनले गरेका छन् । त्यसले सबै समुदायको प्रतिनिधित्व सुनिश्चित हुने उनले विश्वास व्यक्त गरेका छन् ।  उनले प्रदेशसभा र प्रदेश सरकारको पुनर्संरचना गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।

संविधान राष्ट्रको साझा दस्तावेज हो, कुनै दलको घोषणापत्र नरहेको भन्दै उनले यसको संशोधन पनि संकुचित राजनीतिक स्वार्थबाट होइन, राष्ट्रको दीर्घकालीन आवश्यकता, जनताको अनुभव र लोकतान्त्रिक अभ्यासबाट निर्देशित होस् भन्ने पक्षमा पार्टी रहेको उल्लेख गरेका छन् । 

रास्वपा महाधिवेशन

कान्तिपुर

Link copied successfully