रास्वपाबाट जित हात पार्ने १५ जना को-को हुन् ?

हालसम्म सबैभन्दा धेरै काठमाडौं जिल्लाका १० क्षेत्रमध्ये ८ क्षेत्रमा रास्वपा विजयी भएको छ । बाँकी दुई क्षेत्रमा पनि उसले अग्रता कायम गरेको छ ।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

Who are the 15 people who won from the Rashtriya Swayamsevak Sangh (RSS)?

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले १५ क्षेत्रमा जित हात पारेको छ भने १०१ क्षेत्रमा अग्रता लिएको छ । पुराना दल नेपाली कांग्रेस र नेकपा एमालेका चर्चित नेताहरुलाई पराजित गर्दै रास्वपाले नयाँ लहर देखाइरहेको छ । हालसम्म सबैभन्दा धेरै काठमाडौं जिल्लाका १० क्षेत्रमध्ये ८ क्षेत्रमा रास्वपा विजयी भएको छ । बाँकी दुई क्षेत्रमा पनि अग्रता कायम गरेको छ । 

मोरङ ४ मा सन्तोष राजवंशी, मोरङ ६ मा रबिना आचार्य, धनुषा ३ मा मनिष झा, काठमाडौं १ मा रञ्जु न्यौपाने,काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ सस्मित पोखरेल, काठमाडौं ७ गणेश पराजुली, काठमाडौं ८ मा विराजभक्त महर्जन, काठमाडौं ९ मा डोलप्रसाद अर्याल, काठमाडौं १० प्रदीप विष्ट, कास्की २ उत्तमप्रसाद पौडेल, कास्की ३ बिना गुरुङ र बाँके १ सुरेशकुमार चौधरी र रुपन्देही-४ मा कन्हैया बनियाले जित हात पारेका छन् ।

प्रतिनिधिसभा निर्वाचन २०८२

कान्तिपुर

Link copied successfully