देश र मधेसलाई विभाजित गर्ने राजनीतिको अन्त्य गर्न खोजेका हौं : लामिछाने

सभापति लामिछानेले जनकपुरधामलाई पर्यटकीय केन्द्र बनाउने गरी पार्टीले कार्यक्रम अघि सार्ने वाचा पनि गरे ।

फाल्गुन १३, २०८२

न्युज एजेन्सी नेपाल

We are trying to end the politics that divides the country and Madhes: Lamichhane

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश र मधेसलाई विभाजित गर्ने राजनीतिको अन्त्य गर्ने घोषणा गरेका छन् ।

बुधवार जनकपुरधाम मन्दिर परिक्रमा गर्ने क्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अघिल्लो निर्वाचनमा सुशासनको मुद्दा बलियो रूपमा उठाए पनि विभेदको विषयमा पर्याप्त आवाज उठाउन नसकेको स्वीकार गर्दै विभेदको अन्त्य र सुशासनको स्थापना रास्वपाको प्रमुख एजेन्डा भएको दाबी गरे ।

सभापति लामिछानेले भने, ‘देश र मधेसलाई विभाजित गर्ने राजनीतिको अन्त्य गर्न खोजेका हौं ।’ उनले अघिल्लो पटक आफूहरूले जति चर्को रूपमा सुशासनको कुरा गरे पनि त्यत्तिकै चर्को आवाजमा विभेदको विषय उठाउन नसकेको बताउँदै भने, ‘यसपटक हामीले विभेदको अन्त्यसँगै सुशासनको स्थापना गर्न प्रतिबद्धताका साथ आएका छौं ।’

सभापति लामिछानेले जनकपुरधामलाई पर्यटकीय केन्द्र बनाउने गरी पार्टीले कार्यक्रम अघि सार्ने वाचा पनि गरे ।

प्रतिनिधिसभा निर्वाचन २०८२

न्युज

Link copied successfully