काठमाडौं र भक्तपुरबाहेक सबै जिल्लामा पुगे निर्वाचन सामग्री र मतपत्र 

काठमाडौं र भक्तपुरका निर्वाचन कार्यालयमा बिहीबार निर्वाचन सामग्री र मतपत्र पुग्ने निर्वाचन आयोगले जनाएकाे छ ।

फाल्गुन १३, २०८२

रासस

Election materials and ballot papers have reached all districts except Kathmandu and Bhaktapur.

काठमाडौं — यही २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुगेको छ । 

काठमाडौं र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्याएको निर्वाचन आयोगले जनाएको छ । ‘पहिलो हुने निर्वाचित हुने’ र ‘समानुपातिक निर्वाचन प्रणाली’तर्फका मतपत्र ७५ जिल्ला पुर्याइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताएका छन् ।काठमाडौं र भक्तपुरका निर्वाचन कार्यालयमा बिहीबार निर्वाचन सामग्री र मतपत्र पुर्याइने छ ।

रासस

Link copied successfully