भोट माग्न आएको होइन, काम माग्न आएको हो : बालेन्द्र शाह 

'राष्टिय स्वतन्त्र पार्टी भोट माग आएको हैन । काम माग्न आएको हो । तपाईंहरूले भोट नदिए पनि काम गर्छ । '

फाल्गुन ६, २०८२

कान्तिपुर संवाददाता

I have not come to seek votes, I have come to seek work: Balendra Shah

काठमाडौँ — रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले पहिलो चुनावी भाषण गरेका छन् । बुधबार धनगढीमा आयोजित सभामा उनले संक्षिप्त सम्बोधन गरेका हुन् । झापा-५ का बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका बालेन्द्रले आफू भोटभन्दा पनि काम माग्न आएको बताए । 

'राष्टिय स्वतन्त्र पार्टी भोट माग आएको हैन । काम माग्न आएको हो । तपाईंहरूले भोट नदिए पनि काम गर्छ । तपाईंहरूले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिममा काम गर्छ । तपाईंहरूले  काम दिनू,' बालेन्द्रले भने ।

नेपाल आफैं सुन्दर रहेको उल्लेख गर्दै उनले माल पाएर चाल नपाएको भन्दै स्विजरल्यान्ड किन बनाउनुपर्‍यो भन्दै प्रश्न गरेका छन् ।  रास्वपाबाट भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका उनले आफूले धेरै नबोल्ने भन्दै छोटकरीमा आफ्नो मन्तव्य टुंग्याए ।

कान्तिपुर

Link copied successfully