माधव नेपालविरुद्धको उजुरी दरपीठ

मुद्दा विचाराधीन रहेकाले भ्रष्टाचार मुद्दामा दोषी मान्न नमिल्ने कानुनी सिद्धन्त रहेको भनी उजुरी दरपीठ भएको हो ।

माघ ७, २०८२

कान्तिपुर संवाददाता

Complaint filed against Madhav Nepal

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनमा रौतहट-१ बाट दिएको उम्मेदवारीविरुद्ध परेको उजुरी दरपीठ भएको छ । 

नेपालविरुद्ध बुधबार उजुरी परेको थियो । पतञ्जलिको जग्गा भ्रष्टाचारका अभियुक्त बनाएर नेपालविरुद्ध विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा विचाराधीन रहेको भन्दै उजुरी परेको थियो । 

नेपालको उम्मेदवारी मनोनयनपत्र खारेजीको मागसहित उजुरी परेकोमा दर्ता भएन । मुख्य निर्वाचन अधिकृत मनोज केसीले नेपालविरुद्ध आएको उजुरी दरपीठ गरिदिएको बताए । 'पतञ्जलिको जग्गा भ्रष्टाचारको मुद्दा विचाराधीन रहेको भन्दै उम्मेदवारी खारेजीको मागसहित उजुरी आएको थियो । मैले उजुरीको पछाडि कारण लेखेर दरपीठ गरिदिएको छु,' केसीले भने । 

मुद्दा विचाराधीन रहेकाले भ्रष्टाचार मुद्दामा दोषी मान्न नमिल्ने कानुनी सिद्धन्त रहेको भनी उजुरी दरपीठ भएको केसीले बताए । त्यस्तै, निर्वाचन कानुनअनुसार पनि उम्मेदवारी ठिक भएकाले उजुरी दर्ता नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रौतहटले जानकारी दिएको छ ।  

कान्तिपुर

Link copied successfully