नेता शर्माले महाधिवेशनको हलले आज सानेपामा गरिएको कारबाहीको निर्णयलाई बदर गर्ने निर्णयसमेत लिने बताएका छन् ।
काठमाडौँ — कांग्रेस विशेष महाधिवेशन पक्षधर नेता विश्वप्रकाश शर्माले अबको एक सातामा गगन थापाको नेतृत्वमा कांग्रेस केन्द्रीय कार्यालयको बैठक बस्ने बताएका छन् ।
भृकुटीमण्डपस्थित महाधिवेशन हलमा बोल्दै नेता शर्माले महाधिवेशनको हलले आज सानेपामा गरिएको कारबाहीको निर्णयलाई बदर गर्ने निर्णयसमेत लिने बताएका छन् ।
सानेपाले गरेको कारबाहीलाई देशैभरबाट आएका कार्यकर्ताहरुले अस्वीकार गरेको उनले दाबी गरे । उनको आह्वानमा हलमा भरिएका प्रतिनिधिहरुले हात उठाएर सानेपाको कारबाहीलाई अस्वीकार गरेको जनाएका छन् ।
