कांग्रेस विशेष महाधिवेशन : नेतृत्व चयन मंगलबार, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी

पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले आइतबार विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेहरुको संख्या २ हजार ६ सय ६२ रहेकोमा सोमबार ६.२४ प्रतिशतले बढेको बताए ।

पुस २८, २०८२

कान्तिपुर संवाददाता

Congress special general convention: Leadership selection on Tuesday, claims to reach seventy percent signatures of general convention delegates

काठमाडौँ — नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरुले महाधिवेशनमा सहभागी भई हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरुको संख्या सत्तरी प्रतिशत पुर्‍याउने दाबी गरेका छन् ।

सोमबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै महाधिवेशन पक्षधरहरुले यसबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले आइतबार विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेहरुको संख्या २ हजार ६ सय ६२ रहेकोमा सोमबार ६.२४ प्रतिशतले बढेको बताए । संस्थापन पक्ष विधानले नचिन्ने भन्दै पार्टीका नेताहरुलाई बन्दसत्रमा सहभागी हुन आह्वान गरे । उनले विशेष महाधिवेशन पक्षधर महाधिवेशन प्रतिनिधिहरुको संख्या सत्तरी प्रतिशत पुर्‍याएर देखाइदिने बताए । मंगलबार नेतृत्व चयनका लागि बन्दसत्र सुरु हुने पनि जानकारी दिए । 

उनले भने, ‘हिजो हाम्रो संख्याभन्दा आज ६.२४ प्रतिशतले बढेको छ । हिजो २ हजार ६ सय ६२ थियो । त्यसमा ६.२४ बढ्दा ६३ प्रतिशत भन्दा बढीले हस्ताक्षर गर्नुभएको छ । कोही आउने क्रम जारी छ । संस्थापन हाम्रो विधानले चिन्दैन । पार्टीका नेताहरुलाई आग्रह गर्दछु– ६६ प्रतिशत भन्ने सुनियो, हामी सत्तरी पुर्‍याएर देखाइदिन्छौँ । भोलि हाम्रो ९ बजे बन्दसत्र सुरु हुन्छ । ९ वटा ग्रुपहरु रहनुभएको छ । कोशी प्रदेशले रिपोर्ट बुझाउनुभएको छ । भोलि निर्वाचन सुरु हुन्छ ।’

मंगलबार निर्वाचन, अनुशासन, केन्द्रीय समिति लगायतका समितिहरु भंग गर्ने बताए ।

कान्तिपुर

Link copied successfully