समितिमा विशेष महाधिवेशनकाे तर्फबाट मधु आचार्य, देवराज चालिसे, प्रदीप पौडेल र गुरुराज घिमिरे रहेका छन् ।
काठमाडौँ — नेपाली कांग्रेस विशेष महाधिवेशनकाे तर्फबाट सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षसँग वार्ता गर्न समिति गठन गरिएको छ ।
समितिमा नेताहरु मधु आचार्य, देवराज चालिसे, प्रदीप पौडेल र गुरुराज घिमिरे रहेका छन् ।
सभापति देउवाले विशेष महाधिवेशनलाई स्वामित्व लिन नमानेपछि सहमति जुटाउन सोमबार दिनभर भएका प्रयास असफल भएपछि समिति गठन गरिएको हो ।
भृकुटीमण्डपमा आइतबारदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा विशेष महाधिवेशनमा जारी छ ।
