हामी जेन–जीले मागेको सुशासनलाई सम्बोधन गर्ने ल्याकत राख्छौं : महामन्त्री शर्मा

जेन–जीलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने, 'हामी तपाईंले मागेको सुशासनलाई पनि सम्बोधन गर्ने ल्याकत राख्छौं अबको दिनमा । अनि हामी जमेर बसेको पोखरी जस्तो भएर बसेको नेतृत्वलाई पनि बगेर जानुपर्छ भनेर सन्देश पनि बुझाउने ल्याकत राख्दछौँ ।'

पुस २७, २०८२

कान्तिपुर संवाददाता

We are committed to addressing the good governance demanded by Gen-G: General Secretary Sharma

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी दिनमा आफूहरु जेन–जीले मागेको सुशासनलाई पनि समेत ल्याकत राख्ने बताएका छन् ।

आइतबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सम्बोधन गर्दै उनले जेन-जीले आन्दोलनमा लोकतान्त्रको समाप्ति नमागेको बताए ।

'तपाईंहरुले माग्नु भएको थियो सुशासन । तपाईंले माग्नुभएको थियो राजनीतिक नेतृत्व जमेको पोखरी होइन बगेको नदी जस्तो होस् भनेर चाहनुभएको थियो,' उनले भने, 'हामीले त्यसैका लागि संकल्प गरेका हौं । हामी तपाईंले मागेको सुशासनलाई पनि सम्बोधन गर्ने ल्याकत राख्छौं अबको दिनमा । अनि हामी जमेर बसेको पोखरी जस्तो भएर बसेको नेतृत्वलाई पनि बगेर जानुपर्छ भनेर सन्देश पनि बुझाउने ल्याकत राख्दछौँ ।'

उनले जेन-जीहरु अन्तरिक्षबाट आएको नभई भाइबहिनीहरु र छोराछोरी रहेकोबताउँदै भदौ २३ को घटना इतिहासमा एउटा भुल भएको समेत बताए । 'जेन-जी कोही अन्तरिक्षबाट आएका थिएनन् । हाम्रै काखमा, हाम्रा भाइबहिनीहरु थिए । हाम्रा छोराछोरीहरु थिए,' उनले भने, 'भदौको २३ मा इतिहासमा एउटा ठूलो भुल भएकै हो । त्यसपछिका कैयौं रात हामी निदाउन सकेनौँ । आज पनि आफैंलाई प्रश्न गर्छु, '२३ गतेका दिन केवल संसद् भवन तोडिन दिएको भए के फरक पर्थ्यो होला ?'

विशेष महाधिवेशन

कान्तिपुर

Link copied successfully