देउवा पुस्ता हिजोको कांग्रेस हो, महामन्त्रीहरू भोलिको कांग्रेस हुन् : महेश आचार्य

उनले वर्तमान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ‘भोलिको कांग्रेस’को संज्ञा दिए।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

Deuba generation is yesterday's Congress, general secretaries are tomorrow's Congress: Mahesh Acharya

काठमाडौँ — कांग्रेसका नेता महेश आचार्यले पार्टीमा नयाँ पुस्ताको उदयलाई स्वाभाविक र स्वागतयोग्य प्रक्रियाका रूपमा चित्रण गरेका छन्।

 विशेष महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले वर्तमान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ‘भोलिको कांग्रेस’को संज्ञा दिए।

नेता आचार्यले पार्टीको इतिहास र भविष्य दुवैलाई उत्तिकै सम्मान गर्नुपर्ने धारणा राखे। उनले भने, ‘मेरो शुभकामना छ दुई महामन्त्रीलाई, उहाँहरू भोलिको कांग्रेस हुन्। शेरबहादुरजी र उहाँको पुस्ता हिजोको कांग्रेस हुन्। हिजोको कांग्रेसलाई पनि मेरो सम्मान छ।’

उनले देशभरबाट आएका कार्यकर्ताहरूको उपस्थितिलाई नयाँ नेतृत्वप्रतिको आशाको रूपमा व्याख्या गरे। उनले थपे, ‘भोलिको कांग्रेसलाई स्वागत गर्नका लागि मेची–महाकालीका साथीहरू यहाँ उपस्थित हुनुभएको छ।’

कान्तिपुर

Link copied successfully