‘महाधिवेशनमा टोपी र कोटको व्यापार राम्रो भइरहेको छ’

जुम्लाका ५५ वर्षीय मदनबहादुर बुढालाई काठमाडौंको भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशन स्थलमा गाँजा र ढाकाबाट बनेका कोट, इस्टकोट र टोपी बेच्न भ्याइनभ्याइ छ ।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

'Business in hats and coats is doing well at the convention'

काठमाडौँ — गाँजाको टोपी र ढाकाको कोटले कांग्रेसको दोस्रो विशेष महाधिवेशनका प्रतिनिधिहरुको ध्यान खिचेको छ । जुम्लाका ५५ वर्षीय मदनबहादुर बुढालाई काठमाडौंको भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशन स्थलमा गाँजा र ढाकाबाट बनेका कोट, इस्टकोट र टोपी बेच्न भ्याइनभ्याइ छ ।

उनी दुई वर्षदेखि गाउँमा महिला समूहले उत्पादन गरेका गाँजाका इस्टकोट, फुलकोट, झोला र टोपी बिक्री गर्दै आएका छन् । धनुषा, उदयपुर र वीरगन्जलगायत स्थानमा गएर यी सामग्री बेच्दै आएका उनले कांग्रेसको विशेष महाधिवेशनबारे थाहा पाएपछि काठमाडौं आएको बताए ।

'पहिले शिक्षक आन्दोलन र राप्रपाको आन्दोलनका बेला आउँदा राम्रो बिक्री भएको थियो,' उनले भने, 'त्यही माहोल देखेर यसपटक पनि आएको हुँ । यहाँ पनि राम्रो व्यापार भइरहेको छ ।'

उनका अनुसार इस्टकोट र टोपी किन्नेको संख्या बढी छ ।

'Business in hats and coats is doing well at the convention'

'गाउँमै मेरी श्रीमतीसहित उनका साथीहरूले तानमा बुनेका सामग्री हुन्,' उनले भने, 'ओरिजिनल भएकै कारण सबैले मन पराएका छन् ।' उनले आफूसँग भएका २ हजार पिस टोपी, इस्टकोट १ हजार पिस, फुलकोट ५ सय पिस र झोला १ सय पिस बेचेर सक्ने योजनामा रहेको बताए ।

कान्तिपुर

Link copied successfully