कांग्रेस महामन्त्रीद्वयलाई चौधरीको आग्रह - रुपान्तरणको यात्रा निर्णायक ठाउँमा पुर्‍याउनुस्

चौधरीले भने, ‘नेपालले धेरै दिनदेखि कुरेर बसेको त्यो विकासको खुड्किलोमा पुर्‍योनुस् ।’

पुस २७, २०८२

कान्तिपुर संवाददाता

Chaudhary urges Congress general secretaries to take the journey of transformation to a decisive point

काठमाडौँ — उद्योगपति तथा कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीका महामन्त्रीद्वयले सुरुवात गरेको रुपान्तरणको यात्रालाई निर्णायक ठाउँमा पुर्‍याउन आग्रह गरेका छन् । 

भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनमा मन्तव्य राख्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई उनले भने, ‘नेपालले धेरै दिनदेखि कुरेर बसेको त्यो विकासको खुड्किलोमा पुर्‍योनुस् ।’ 

उनले गगन र विश्वप्रकाशको अभियानलाई निर्भीकताको संज्ञा दिँदै अब जेन-जी आन्दोलनको भावनालाई बोकेर अगाडि बढ्ने नयाँ अनुहार पार्टीमा आउनुपर्ने बताए । ‘नेपाली कांग्रेस कमसेकम नेपालका जेन-जीका भावना बोकेको पार्टीमा रुपमा उभिन चाहन्छ । यो पार्टीले राजनीति पेसा हैन समाजको लागि रुपान्तरण गर्ने महत्त्वपूर्ण प्लाटफर्म हो भन्नेलाई खुला हृदयले भित्र्याउन चाहन्छ,’ उनले भने, ‘कांग्रेसले राजनीतिका रुपान्तरण मात्र गर्दैन, देशै रुपान्तरण गर्छ ।’

जेन-जी आन्दोलनबाट ३५ वर्षयता आफूहरूले पनि बाटो बिराएको स्वीकार चौधरीले गरे । ‘हामीले ३५ वर्षमा बाटो बिराएका रहेछौँ । हामीले त्यस्तो परिस्थितिको निर्माण गर्न सकेनौँ जहाँ सिर्वजशील र ट्यालेन्ट व्यक्तिलाई ढोला खोलेर भित्र्याउन सकियोस्,’उनले थपे । 

उनले अब देशको राजनीत र अर्थतन्त्रलाई बलियो बनाउने गरी नयाँ नेतृत्व अघि बढ्नुपर्ने उल्लेख गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully