कांग्रेस विशेष महाधिवेशन : बन्दसत्र सोमबार बिहान ८ बजेदेखि

बन्दसत्रको अध्यक्षता पार्टीका ज्येष्ठ सदस्यले गर्नेछन् ।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

Congress Special General Convention: Closed session from 8 am on Monday

काठमाडौँ — नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान ८ बजेदेखि हुने भएको छ ।

कांग्रेस विशेष महाधिवेशन भ्रातृ तथा शुभेच्छुक संस्था समन्वय विभागकी संयोजक एवम् कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले बिहान ८ बजेदेखि सुरु हुने बन्दसत्रमा विभिन्न नौ समूह बनाएर छलफल गरिने जानकारी दिइन् । बन्दसत्रका लागि प्रस्तुत कार्यविधिमाथि छलफल गरेर निष्कर्षमा पुगिने उनको भनाइ छ । 

बन्दसत्रमा जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रममा जनचाहनाअनुसार कांग्रेसलाई कुन दिशामा अगाडि लैजाने भन्नेबारे बृहत् छलफल गरिने केन्द्रीय सदस्य गौतमले बताइन् । बन्दसत्रको अध्यक्षता भने पार्टीका ज्येष्ठ सदस्यले गर्नेछन् । 

कान्तिपुर

Link copied successfully