कांग्रेसको विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत प्रतिनिधि सहभागी, कुन प्रदेशबाट कति ?

गत असोज २९ गते विशेष महाधिवेशनको माग गर्दा ५४ प्रतिशत प्रतिनिधिहरुको हस्ताक्षर थियो । आइतबार विशेष महाधिवेशन उद्घाटनका दिन यो संख्या २ प्रतिशत बढेको छ ।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

56.12 percent of delegates participated in the special general convention of the Nepali Congress, how many from which provinces?

काठमाडौँ — नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या २ हजार ६६२ पुगेको छ । यो भनेको कूल महाधिवेशन प्रतिनिधिको ५६.१२ प्रतिशत हो । गत असोज २९ गते विशेष महाधिवेशनको माग गर्दा ५४ प्रतिशत प्रतिनिधिहरुको हस्ताक्षर थियो । 

आइतबार विशेष महाधिवेशन उद्घाटनका दिन यो संख्या २ प्रतिशत बढेको छ । दोस्रो विशेष महाधिवेशन प्रचारप्रसार समितिका संयोजक सुवास पोख्रेलका अनुसार महाधिवेशन प्रतिनिधिहरुको संख्या बन्दसत्र सुरु हुनुअघिसम्म बढ्न सक्ने छ । 

सचिवालयका अनुसार सोमबार बिहान ८ बजेदेखि नै महाधिवेशन प्रतिनिधि दर्ता प्रक्रिया पुन: सुरु हुने छ । आइतबार दर्ता भएकामध्ये मधेश प्रदेशबाट सबभन्दा बढी ४ सय ४६ जना प्रतिनिधिहरु सहभागी छन् । त्यसपछि बागमतीबाट ४ सय ३२,  कोशीबाट ४२५, लुम्बिनीबाट ३९८, गण्डकीबाट २९६,  उपत्यकाबाट १७८, सुदूरपश्चिमबाट १५८, कर्णालीबाट १३४ प्रतिनिधि सहभागी छन् भने भ्रातृ, शुभेच्छुक र जनसम्पर्कबाट १९५ प्रतिनिधिले नाम दर्ता गरेको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

कांग्रेसको जम्मा महाधिवेशन प्रतिनिधि संख्या ४ हजार ७४३ रहेको छ ।  

56.12 percent of delegates participated in the special general convention of the Nepali Congress, how many from which provinces?

कान्तिपुर

Link copied successfully