कांग्रेस विशेष महाधिवेशनले भृकुटीमण्डपका चिया–खाजा पसल भरिभराउ

कांग्रेसका प्रतिनिधि, कार्यकर्ताको चाप बढेसँगै चिया र खाजा खानेहरुले खाजा पसल भरिएका हुन् ।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

The Congress special general convention filled the tea and snack shops at Bhrikuti Mandap.

काठमाडौँ — नेपाली कांग्रेसको विशेष महाधिवेशनले महाधिवेशन स्थल भृकुटीमण्डप आसपासका चिया तथा खाजा पसलहरू भरिभराउ भएका छन् ।

प्रतिनिधि, कार्यकर्ताको चाप बढेसँगै चिया र खाजा खानेहरुले खाजा पसल भरिएका हुन् ।

भृकुटीमण्डपभित्र रहेको फुड बेन्च मार्कका सञ्चालक राजु दाहालले महाधिवेशन सुरु भएसँगै बिहानैदेखि पसलमा भीड लागेको बताए । विशेषगरी चिया, बिस्कुट, समोसा, पकौडा, चाउमिन, आलुचना र ममको बिक्री बढेको छ । 'सामान्य दिनको तुलनामा चौबर भन्दा बढी व्यापार भइरहेको छ,' उनले भने ।

महाधिवेशनका कारण अस्थायी रूपमा खोलिएका खाजा पसलहरूमा पनि राम्रो व्यापार भइरहेको व्यारीहरुले बताए । बाहिरी जिल्लाबाट आएका प्रतिनिधिहरू सस्तो र छिटो सेवा पाइने भएकाले यस्ता पसलतर्फ आकर्षित भएका छन् ।

पसलेहरूका अनुसार राजनीतिक सभा–सम्मेलनका बेला हुने यस्ता गतिविधिले व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully