कांग्रेसमा सदस्यलाई हेप्दै पार्टी सञ्चालन गर्ने तरिका भत्कियो : महामन्त्री थापा

महामन्त्री थापाले विशेष महाधिवेशन कोही बन्ने/नबन्ने विषय नभई संघर्षको विषय भएको बताए ।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

The way the Congress runs the party by ignoring its members has collapsed: General Secretary Thapa

What you should know

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लामो समयदेखि पार्टी सदस्यलाई हेप्दै पार्टी सञ्चालन गर्ने तरिका अब भत्किएको दाबी गरेका छन् । 

काठमाडौंमा आइतबारदेखि सुरु भएको पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन महामन्त्री थापाले विशेष महाधिवेशन कोही बन्ने/नबन्ने विषय नभई संघर्षको विषय भएको बताए । विशेष महाधिवेशन आफूहरुको नभई प्रतिनिधिहरुको मागअनुसार आह्वान भएको भन्दै बन्दसत्रले जे निष्कर्ष निकाले पनि स्वीकार्य हुने बताए । 

उनले कांग्रेस लासहरुको पार्टी नभई जिउँदा मानिसहरुको पार्टीको रुपमा स्थापित भएको टिप्पणी गरे । 

‘लामो समयदेखि पार्टी सञ्चालनको जुन तरिका थियो आजदेखि त्यो भत्कियो । अब कसैले पनि पार्टीको सदस्यलाई हेप्न सक्दैन । अब माथि बस्नेले तल बस्नेलाई सलाम गर्नुपर्छ, तलबाट माथि होइन,’ उनले भने, ‘यो संघर्ष पार्टीभित्रको कोही बन्ने/नबन्ने भन्ने संघर्ष होइन । पार्टी कसरी चलाउने भन्ने विषयसँग जोडिएको विषय पनि हो । भोलि बन्दसत्र छ । यो कहाँ गएर टुंगिन्छ मलाई थाहा छैन ।’ 

‘मैले पार्टी केन्द्रको रुपमा यो महाधिवेशनको आयोजना गरेको भए यसको एजेन्डा यो यो छ सम्भवतः यहाँ गएर टुंगिन्छ भनेर भन्नसक्थें होला । यो त सदस्यहरुले मागेर भएको महाधिवेशन हो । तपाईंहरुले नीति पनि बदल्ने, नेता पनि बदल्ने भनेर माग्नुभएको छ । म पनि तपाईंहरुले बोलाएर आएको एउटा पाहुना मात्रै हुँ,' उनले थपे, 'भोलि बन्दसत्रले जे निर्णय गर्छ त्यो मेरो लागि स्वीकार्य छ । आजको तपाईंको प्रयासहरुले एउटा कुरा स्थापित गरेको छ, कांग्रेस लासहरुको नभई जिउँदा मानिसहरुको पार्टी हो ।’

कान्तिपुर संवाददाता

Link copied successfully