सूची संशोधन गरेर ११० जनाको नाम कांग्रेसले निर्वाचन आयोगमा बुझाएको छ ।
काठमाडौँ — कांग्रेसले रातिदेखि बिहानसम्मको कसरतपछि प्रतिनिधिसभाको समानुपातिक बन्दसूची बुझाएको छ । सूची बुझाउने अन्तिम समय गएरातिसम्म भएकाले हिजै कांग्रेसले निर्वाचन आयोगमा निस्सा राखेको थियो ।
पार्टी कार्यालय सानेपा नजिकै रहेको एक कटेजमा सोमबार अबेर राति केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नामको अन्तिम टुंगो लगाएको थियो । त्यही सूची लिएर प्रचार विभागका प्रमुख मीन विश्वकर्मा र मुख्य सचिव कृष्ण प्रसाद पौडेल राति आयोग पुगे पनि सूची सच्याउन भन्दै सभापति शेरबहादुर देउवाकहाँ गएका थिए । सूची संशोधन गरेर ११० जनाको नाम कांग्रेसले बुझाएको छ ।
कांग्रेसभित्रका विभिन्न समूहका नेताबीचको रस्साकस्सीले उम्मेदवार छनोटमा समस्या उत्पन्न भएपछि सूची बुझाउन ढिला भएको एक केन्द्रीय सदस्यले बताए ।
