कांग्रेस समानुपातिक बन्दसूची: ११ जिल्लाका उम्मेदवार छैनन्, धनुषाबाट मात्रै ७ जना र काठमाडौंबाट ६ जना

उम्मेदवारको सूचीमा धनुषाबाट ७, काठमाडौंबाट ६ जना परेका छन् भने सुनसरी र झापाबाट ५–५ जना र बर्दियाबाट ३ जना परेका छन्।

पुस १५, २०८२

कान्तिपुर संवाददाता

Congress proportional closed list: No candidates from 11 districts, 7 from Dhanusha alone and 6 from Kathmandu

काठमाडौँ — नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा सबैभन्दा धेरै उम्मेदवारहरू धनुषा जिल्लाबाट परेका छन्।

उम्मेदवारको सूचीमा धनुषाबाट ७ जना र काठमाडौंबाट ६ जना परेका छन् भने सुनसरी र झापाबाट ५–५ जना र बर्दियाबाट ३ जना परेका छन्। ११ जिल्लाबाट भने कुनै पनि उम्मेदवार समानुपातिक सूचीमा परेका छैनन्।

चितवन, भोजपुर, खोटाङ, ओखलढुंगा, सिन्धुपाल्चोक, ललितपुर, मनाङ, म्याग्दी, लमजुङ, प्युठान, रुकुम पूर्व र रुकुम पश्चिमका कुनै पनि उम्मेदवार समानुपातिक सूचीमा परेका छैनन्।

समानुपातिक सूचीमा पंचायतकादेखि बारम्बार मन्त्री र सांसद भएका अर्जुननरसिंह केसीदेखि राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलसम्म समेटिएका छन् । कांग्रेसले बुझाएको समानुपातिक सूचीमा पूर्वमन्त्री रोमी गौचन थकाली, भिष्म आङदम्बेदेखि भीमसेनदास प्रधानसम्मका नाम पनि समेटिएका छन्। पूर्वमन्त्री बलबहादुर केसीकी श्रीमती रीना उप्रेतीदेखि उनका बैनी गोमा केसीसम्मको नाम पनि अटाएको छ।

सम्बन्धित समाचार

रास्वपा समानुपातिक बन्दसूची : सुदूरपश्चिमका ८ जिल्लाबाट छैनन् उम्मेदवार, कञ्चनपुरबाट २ जना

यी हुन् कांग्रेसका ११० समानुपातिक उम्मेदवार [सूचीसहित]

कांग्रेसको बन्दसूचीमा चितवनबाट कोही परेनन्

कांग्रेसको समानुपातिक सूचीमा कर्णालीबाट ८ जना

कान्तिपुर

Link copied successfully