रास्वपा समानुपातिक बन्दसूची : सुदूरपश्चिमका ८ जिल्लाबाट छैनन् उम्मेदवार, कञ्चनपुरबाट २ जना

सुदूरपश्चिम प्रदेशका ९ मध्ये कञ्चनपुरबाट रास्वपाको समानुपातिक सूचीमा २ जनालाई बन्दसूचीमा राखिएको छ ।

पुस १५, २०८२

कान्तिपुर संवाददाता

RSVP proportional closed list: No candidates from 8 districts of the Far West, 2 from Kanchanpur

काठमाडौँ — प्रतिनिधिसभा समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिम प्रदेशका ८ जिल्लाबाट एकजना पनि उम्मेदवार राखिएको छैन । 

सुदूरपश्चिम प्रदेशका ९ मध्ये कञ्चनपुरबाट रास्वपाको समानुपातिक सूचीमा २ जनालाई बन्दसूचीमा राखिएको छ ।

रास्वपाले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिक बन्दसूचीमा कञ्चनपुरबाट खसआर्य महिलाको पहिलो नम्बरमा प्रतिभा रावल र थारु पुरुष क्लस्टरबाट कञ्चनपुरकै सोमप्रसाद चौधरीलाई उम्मेदवार बनाइएको छ ।

सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीबाट एकजनालाई पनि रास्वपाले समानुपातिकको बन्दसूचीमा राखेको छैन । दार्चुला, डोटी, अछाम, बाजुरा, बझाङ, डडेल्धुरा र बैतडीबाट पनि रास्वपाको समानुपातिक बन्दसूचीमा परेका छैनन् ।

यसअघि २०७९ को प्रतिनिधिसभामा रास्वपाले २१ सिट जित्दा पनि सुदूरपश्चिमका एकजना पनि सांसद थिएनन् । यसपटक समानुपातिकमा सुदूरपश्चिमका ९ मध्ये ८ जिल्लाबाट एउटा पनि समानुपातिक सूचीमा सिफारिस गरिएको छैन ।

कान्तिपुर

Link copied successfully