सचिवालय बैठकमा प्रस्तावित नामहरुमा छलफल भए पनि अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको हो ।
काठमाडौँ — एमालेले समानुपातिक उम्मेदवारको सूची टुंग्याउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
सचिवालय बैठकमा प्रस्तावित नामहरुमा छलफल भए पनि अन्तिम निर्णय गर्ने जिम्मा ओलीलाई दिएको सचिव राजन भट्टराईले बताए ।
‘अध्यक्षले समानुपातिक ११० नाम प्रस्ताव प्रस्तुत गर्नुभयो । साथीहरुको राय आएको छ,’ बैठकपछि उनले भने, ‘अन्तिम रुप दिने अधिकार अध्यक्षलाई दिइएको छ । भोलि अध्यक्षले टुंग्याएपछि निर्वाचन आयोगमा बुझाइने छ ।’
